काठमाडाैं, मङ्सिर २९ गते । नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरी पाँच जिल्लामा शून्य सङ्क्रमित भएका छन् ।
नेपालमा ५ हजार ६८९ जना सक्रिय सङ्क्रमित छन् । जसमा होम आइसोलेसनमा पाँच हजार ३८६, संस्थागत आइसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० र भेन्टिलेटरमा २७ जना रहेको मन्त्रालयले जनाएको छ।
दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पाँच छ । सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
काठमाडौँ र ललितपुर गरी दुई जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सुरु भएदेखि आजसम्म ४७ लाख ३४ हजार ५ सय ८६ जनाको आरटी पिसिआर विधिबाट कोरोना भए नभएको जाँच गरिएको छ ।
जसमा आठ लाख २४ हजार ७६४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। आठ लाख सात हजार ५१६ जना सङ्क्रमित निको भैसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत छ ।
त्यस्तै ११ हजार ५५९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयलेको तथ्याङ्क छ । नेपालमा कोरोनाबाट मृत्यु दर १.४ प्रतिशत छ ।
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसमम कुल दुई करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाएको छ । कुल जनसङ्ख्याको ३८.३ प्रतिशतले एक मात्रा र ३०.८ प्रतिशतले दुई मात्राा खोप लगाएका छन् ।
लक्षित समूहको ५८.४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले दुई मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ । गोरखापत्रमा समाचार छ ।