अर्घाको श्री अर्घा रजस्थल मावी रहिसचौरको ४७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न (तस्बिरहरु)


बलराम रायमाझी | अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको रहिसचौर स्थित श्री अर्घा रजस्थल मावीको ४७ औं  वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । 
अर्घाको रहिसचौरमा रहेको श्री अर्घा रजस्थल मावीको ४७ औं  वार्षिकोत्सब तथा अभिभावक दिवस आज बुधवार सम्पन्न भएको हो । 
कार्यक्रम एमाले केन्द्रिय कमिटीका सचिव तथा पुर्ब उपप्रधानमन्त्री टाेप बहादुर रायमाझीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले अब केही वर्षमा निर्माणधिन अर्घा भगवती विमानस्थलमा ५० सिटे जहाज बसाल्ने बताए। साथै विदेसिएका युवाहरुलाई नेपालमा नै रोजगार सिर्जना गरिने बताए । अरु जिल्लाको तुलनामा अर्घाखाँचीमा सडक लगायतका बिकास भएको र यसलाई निरन्तरता दिने बताए ।   
यस्तै कार्यक्रममा विशिष्ट अतिथ्यतामा नगर उप प्रमुख ठाकुर कुमार बि.क.,प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, वार्ड अध्यक्ष देबि बहादुर रायमाझी, अतिथिहरुमा क्रमश  बिस्नु प्रसाद आचार्य, जिबलाल भुसाल, कमला भुसाल, मनकला परियार, जन ज्योती माद्यामिक बिद्यालयका प्रधानाध्यापक माधब प्रसाद आचार्य, समाजसेबी राजनैतिक ब्याक्तित्व बाबुराम भुसाल, बसन्तराज भुसाल, स्थानिय राजनैतिक ब्याक्तित्व वसन्त के.सी., नारायण खत्री, बेदुराम भुसाल, पोम नारायण पौडेल, छिमेकी बिधालयका प्र.अ.तथा अध्यक्षहरु, भुतपुर्व शिक्षक, पत्रकार, रास्ट्रसेबक सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो । 
 बिधालय ब्यबस्थापन समितिका अध्यक्ष  राम बहादुर रायमाझीको अध्यक्षता, शिक्षक बल बहादुर रायमाझीको सन्चालनमा संचालित कार्यक्रमको शिक्षक निरज भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बिधालय प्रधानाध्यापक छबिलाल चुदालीले बिधालयको आय ब्यायसँगै संक्षिप्त्त बिधालयको समग्र विषय बस्तुमा केन्द्रित प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा विभिन्न शिर्षकमा स्थापित अक्षयकोष दातहरुलाई कार्यक्रममा समाबिस्ट प्रमुख अतिथि लगाएत विशिष्ट अतिथीहरुले प्रशमसा पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 
कार्यक्रमको बिच बिचमा बिधालयका विधार्थीहरुले आफ्ना प्रस्तुति दिएका थिए । 

तस्बिरहरु: बलराम रायमाझी, फेसबूक  |

अन्य समाचारहरु