पोखराथोकमा हरिहर संस्कृत तथा साधारण मावीले ८५ औँ स्थापना दिवस मनायो (तस्बिरहरु सहित)


डिआरजी सुमन 
पोखराथोक, अर्घाखाँची  बुधवार २९ मंसिर २०७८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं २ पोखराथोकमा रहेको हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले ८५ औँ स्थापना दिवसमनाउने कार्यक्रम सम्पन्न भएको छ । 
पोखराथोकमा रहेको नमूना विद्यालयको रुपमा स्थापित हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय को८५ औँ स्थापना दिवस मनाउने कार्यक्रम हरिहरको प्रांगणमा सम्पन्न भएको छ । 
पाणिनी गाँउ पालिका युवा,खेलकूद तथा शिक्षा शाखा अधिकृत तेज वहादुर खनालको प्रमुख आथित्यता ,पाणिनि गाँउ पालिका वडा नं २ का वडा अध्यक्ष  नेत्र प्रसाद भट्टराई को अध्यक्षता,शिक्षक कृष्ण प्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रम मा विद्यालय व्यावस्थापन समितीका पदाधिकारी,शिक्षक,विद्यार्थी,वर्तमान तथा पूर्व विद्यालय व्यावस्थापन समिति का पदाधिकारी,स्वतन्त्र  पत्रकार डिआरजी सुमन,अर्घाखाँची डटकम का संवाददाता पत्रकार चन्द्रमणी भट्टराई,चोलनाथ पौडेल,सुभाष गौतम लगायतको उपस्थिति रहको थियो ।
हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन थापाको स्वागत मन्तव्य रहको कार्यक्रममा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेद्धारा विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु