सन्धिखर्कको हटारीनेटामा ७ करोड ७९ लाख लागतमा कोल्ड स्टोर निर्माण हुँदै, शिलन्यास सम्पन्न (तस्बिरहरु)


अनिल नेपाली  | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित हटारीनेटामा  नगरपालिकाले किसानहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिका भित्र चिस्यान केन्द्र सुबिधा सम्पन्न कोल्ड  स्टोर बनाउन सुरु गरेको छ ।
सन्धिखर्क नगरपालिका १ तारामार्गमा  निर्माणधिन कोल्ड स्टोर भबनको एक समारोहबीच विहिबार नगरप्रमुख कमल प्रसाद भुसालले शिल्यान्यास गर्नु भएको छ ।  
भबनको शिल्यन्यास पछि भएको कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले किसानको समस्या लाई ध्यानमा राख्दै आफुले कोल्ड स्टोर निर्माणलाई तिब्रता दिएको बताउदै नगरभित्र किसानले उत्पादन गरेका हरेक बस्तुहरुको विक्री वितरण लाई किसान र उपभोक्तालाई सहज हुने गरी निर्माणको थालनी गरेको बताउदै कोल्ड स्टोर निर्माण पछि नगरभित्रका कृषकलाई उल्लेखनीय रुपमा राहत हुने बताए । एक फरक प्रसगमा नगर प्रमुख भुसालले नगरपालिकाले जहिले पनि विकास निर्माण लाई पहिलो प्राथमिकताका साथ काम गरेको बताए । 
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले जहिले पनि विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउदै किसानको समस्यालाई समाधान गर्नको लागि नगरपालिकाले कोल्ड स्टोर्स निर्माण गरेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे इन्जिनियर प्रमोद केसी सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल तरकारी जोन अर्घाखाँचीका उपाध्यक्ष पुष्कर बन्जाडे वडा न १ का अध्यक्ष युबराज बन्जाडे लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा   राजनितिक दलका नेता सञ्चारकर्मी लगायत अगुवा कृषकको सहभागिता रहेको थियो । कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार विकको अध्यक्षता कृषि शाखा प्रमुख राजेन्द्र भट्टाराईको सञ्चालन प्रमुख प्रशासकीय अघिकृत नारायण अर्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कोल्ड स्टोर्सको लुम्विनी अर्घाखाँची जेभी कम्पनीले जिल्लाकै गौरबको रुपमा रहेको ७ करोड ७९ लाख ४७ हजार २०७ रुपैयाँ लागतमा बन्ने उक्त आयोजनामा पहिलो तल्लामा २ वटा चेम्वर कोल्ड स्टोर बनाइने छ भने दोश्रो तलामा १७ वटा व्यवसायीक सटरहरु रहने छन् । तेस्रो तलामा कार्यलय स्टोर तथा क्यान्टिन रहने प्राविधिक नारायण पोख्रेलले बताउनुभएको छ । साथै २०७९ चैत्र १६ गतेसम्म निर्माण सम्पन्न हुनेछ । 

अन्य समाचारहरु