सन्धिखर्कमा नगर स्तरीय मेलमिलाप केन्द्रको स्थापना


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।     सन्धिखर्क नगरपालिकाले एक कार्यक्रमका बीच नगर स्तरीय मेलमिलाप केन्द्रको स्थापना गरेको छ बिहिबार केन्द्रले सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा केन्द्र स्थापना गरेको हो । 
 कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक. ,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,न्यायीक समिति सदस्य हरु प्रीतम थापा,आशा परियार ,सहजकर्ता हरु शिव प्रसाद पोख्रेल ,रामचन्द्र पोख्रेल , बिष्णु परियार,डिलाराम पान्डे, भेष बहादुर केसि. पबित्रा सापकोटा , रमा मुखिया ,इन्सेक अध्यक्ष कुल बहादुर नेपाली सहजकर्ता सबिता बिश्वकर्मा गिता नेपाली तथा नेपाल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख भुसाल  प्रमुख प्रशासकीय अधिकृत अर्याल तथा महासंघ अध्यक्ष खनालले मेलमिलाप केन्द्रको स्थापना काम कर्तव्य र अधिकारको बारेमा मन्तव्य ब्याक्त  गरेका थिए ।
नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य प्रीतम थापा र संचालन सन्धिखर्क  नगरपालिकाका अधिकृत जिबनारायण आचार्य ले गरेका थिए ।

अन्य समाचारहरु