अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटको फुदवाङमा अस्थायी प्रहरी पोष्ट निर्माण हुने भएको छ ।
खाँचीकोटको फुदवाङ स्थित शिवालय मन्दिरको प्राङगणमा अस्थायी प्रहरी पोष्ट निर्माण गरिने भएको हो ।
अस्थायी प्रहरी पोष्ट निर्माणका लागि प्याराडाईज यूवा कल्बले ०-८-०० (आठ आना) जग्गा उपलब्ध गराएको छ ।
साथै फुदवाङ स्थित शिवालय मन्दिरको प्राङगणमा प्याराडाईज यूवा कल्बका अध्यक्ष सन्ददिप के.सी.को अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा, प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री र सन्धिखर्क- ७ का वाड अध्यक्ष प्रितम बहादुर थापाको बिशिष्ट आतिथ्यतामा प्याराडाईज यूवा कल्वको नाममा रहेको ०-८-०० (आठ आना मात्र) जग्गा अस्थायी प्रहरी पोष्ट फुदवाङको नाममा रजिष्टेससन (पास) दिने निर्णय भएको छ ।
फुदवाङमा बैंकहरुले शाखा पनि खोल्ने तयारी गरेका बताइएको छ ।