खाँचीकोटको भुजुङेमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटको भुजुङेमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ ।
खाँचीकोटको भुजुङेमा आज शुक्रवार देशको वर्तमान परिस्थिति, संगठन विस्तारमा अगुवा कार्यकर्ताको भूमिका, राष्ट्रघाती एमसीसी, संघीयता, विकास–निकासमा देखिएको व्यापक भ्रष्टाचार र कार्यकर्ताको स्तरोन्नती सम्बन्धमा समसामयिक विषयमा प्रशिक्षण सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले देशको समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । 
साथै राजमो जिल्ला सचिवालय सदस्य गोबिन्द बिसी त्यसैगरि समता समाजका जिल्ला सदस्य पुन बहादुर नेपाली, राजमो वार्ड समितिका अध्यक्ष दिलदार हुसेन लगायको उपस्तिथि रहेको थियो । 
कार्यक्रम कुल बहादुर नेपालिको अध्यक्षता बसन्त खड्काको संचालन र बसन्त नेपालीको स्वागत मन्त्यब्यमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु