अर्घाखाँचीमा जनता समाजवादी पार्टी निकट विद्यार्थी युनियनको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा खनाल चयन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले १५ सदस्य कमिटिको गठन गरेको छ । जसको अध्यक्षमा रमेश खनाल, उपाध्यक्षमा सागर भण्डारी ,पवित्रा घर्ती सचिवममा रूपा थापामगर सह सचिव केसव सुर्यबंसि, मन्जु तङनामि र कोषाध्यक्षमा तुलसा दर्लामिमगरलाई चयन गरेको हो।
जसको सदस्यहरुमा रमा रास्कोटिमगर, उर्मिला गाहा, मधु श्रेष्ठ, मौसम कौसल, सम्झना भण्डारी, शुसिला दर्लामि, सीता राना रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य राजु नेपाली र विशिष्ट अतिथि पार्टीका प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज नेत्र थापामगर लगायतको सहभागिता रहेको कार्यक्रम रमेश खनालको अध्यक्षतामा सम्पन्न भएको हो।

अन्य समाचारहरु