दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अर्घाखाँची शाखाले घातक रोगको दावी भुक्तानी रकम ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
अर्घाखाँची शाखा प्रमुख नारायण घर्तिको अध्यक्षतामा एक कार्यक्रम बीच रकम बिमितकी आमा चंद्रकला खत्रीलाई हस्तान्तरण भएको छ।
सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बि.क. को प्रमुख आतिथ्यता र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको विशिष्ट आतिथ्यतामा सन्धिखर्क नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली , कार्यक्रम संचालक एजेन्सी मेनेजर तथा गोल्ड क्लब विजेता राजु खनाल , अर्घाखाची शाखाका कर्मचारी र लिडरहरुले संयुक्त रुपमा चेक प्रदान गर्नुभएको छ ।
मलारानी ९ निवासी २५ वर्षिय श्री नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाखको बीमा गरेका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ५ लाख घातक रोग उपचार खर्चको विमाङ्क रकम बापत ४७८२७७/- रुपैया प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले बताए ।
क्षेत्रीय प्रवन्धक मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।साथै उपमेयर ठाकुर बि.क.ले सिटिजन लाईफ इन्स्युरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व समेत पुरा गरेको र समस्त नेपाली जनतालाई आर्थिक सुरक्षाको लागि बिमा अत्यावश्यक र अनिवार्य भएको बताए ।
बिमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको र सिटिजन लाइफमा बिमा गरेर आर्थिक रुपले ढुक्क हुन सकिने बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।