दिपेन्द्र पौडेल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्था नगरपालिका ८ नुवाकोटमा रहेको पौडेल चुदाली बन्धुहरुको देवाली पुजा सम्पन्न गरिएको छ ।
निमडाँडामा बसिरहेका र निमडाँडाबाट बसाइँ सराई गरेर सन्धिखर्क काठमाडौ बुटवल तौलिहवा नेपालगन्ज लगायतका विभिन्न ठाउँ बसाइँसराइ गरि बस्नुभएका सम्पुर्ण पौडेल बन्धुहरुको उपस्थिति रहेको थियोे । कुल पुजा गर्न गौरा थानमा बाल बच्चा देखि बुढापाकाहरु आउनुभएको थियो ।
पुरानो संस्कृति संस्कार परम्पराको जगेर्ना गर्ने हामी सबै पौडेल बन्धुहरु आफ्नो कर्तव्य निर्वाह गर्छौ काठमाडौबाट आउनुभएको बिस्णु पौडेल भन्नु भयो ।
निमडांडाका पौडेल बन्धुहरु पानीको अभाव र बाटो को पहुँच बाट आफुहरु बन्चितहुदा उ बेला आफुहरु बसाइँसराइ गर्न बाध्य भएको रामकृष्ण पौडेल गुनासो गर्नुभयो आफुहरुले यो जन्मभूमि मायाहुदाहुदै बाध्यभएर यस ठाँउ बाट बिस्तापित हुनप्रधाको तितो यथार्थ सुनाउनु भयो ।
आफुहरु जहाँ गएतापनि दुई बर्षमा एक पल्ट यस् ठाँउमा खुशि भएर कुल देवता पुजाको लागि आउने कुरामा दुईमत हुदैन सबै पौडेल बन्धुहरुको एउटै अवाज थियोे ।
यो जिल्लादेखि टाढा गएका पौडेलहरु मध्य केहिको भनाई भने सबै लाइ सेन्टर पर्ने ठाँउ खोजी गरि कुल पुजा गौरो सार्नुपर्ने कुरा पनि उठाउनु भएको छ यस् कुरामा सबैको सहमति जनाए सम्भव देखिन्छ उहाँ हरुको कथन थियोे तर आफुहरु कुलफुटाएर लैजाने पक्षमा नरहेको कुरा पनि प्रष्ट पार्नुभयो।