अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको फर्सवाटाकुराकी पाठेघरको क्यान्सर पीडितलाई आर्थिक समस्या परेको छ ।
खिदिमको फर्सवाटाकुराका नारायण गौतमकी २८ वर्षीय पाठेघरको क्यान्सर पीडित श्रीमती विमला गौतमलाई उपचारका लागि आर्थिक समस्या परेको हो ।
आर्थिक अवस्था कमजोर भएको उपचार गर्न समस्या परेको भन्दै देश भित्र र बाहिरका नेपालीलाई सक्दो आर्थिक सहयो गरिदिन घरपरिवारले अनुरोध गरेको छ ।
कसैले सहयोग गर्न चाहेमा ग्लोबल आइ.एम.इ.बैंक खाता नम्बर M807010002147 नारायण गौतम (पोखराथोक ) शाखामा पैसा जम्मा गर्न सकिने छ ।