शितगंगा नगरपालिकाका सबै खोप केन्द्र, विद्यालयहरुमा भोलिदेखि १२ देखि १८ वर्षसम्मलाई मोडर्ना खोप लगाईदै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका सबै विद्यालयहरु तथा खोप केन्द्रहरुमा १२ देखि १८ वर्षसम्मका किशोर किशोरीहरुलाई भोली पुस ६  गतेदेखि कोरानाविरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।
शितगंगा नगरपालिकाका सबै खोप केन्द्र  तथा विद्यालयहरुमा १२ देखि १८ वर्षसम्मका किशोर किशोरीहरुलाई भोली पुस ६ गतेदेखि कोरानाविरुद्धको मोडर्ना खोप लगाईने भएको हो ।
शितगंगा नगरपालिकामा रहेका हेल्थ पाेष्ट, आधारभूत स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्थामा गएर १२ देखि १८ वर्ष उमेर समुहले खोप लगाउन सक्न्ने छन् । 
साथै जिल्लामा तीन महिना पूरा भएका गर्भवतीहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरिएको छ । शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ । 

अन्य समाचारहरु