अर्घाखाँचीमा ट्राफिक प्रहरी नियमप्रति नागरिकलाई जिम्मेबार बनाउदै | १० हजार १ सय ८० जना लाभान्वित


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  यात्रा गर्दा गाडीमा जनता धेरै भए पैसा धेरै कमाउन सकिन्छ भनि अर्घाखाँची जिल्लाका  विकट बस्तीमा आबश्यकता क्षमता भन्दा बढी यात्रु बोक्ने सधारी साधनका चालक सह–चालक लगायत व्यवसायीलाई गाँउगाँउमा ट्राफिक प्रहरीले प्रशिक्षण दिन थालेपछि चालक र सहचालक व्यवसायी सर्वसाधारण ट्राफिक नियमप्रति जिम्मेवार बन्न थालेका छन् ।
 जिल्ला सदरमुकाम सन्धिखर्कमा सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले आयोजना गरेको ट्राफिक सचेतना तालिममा सयौ चालक र सहचालकको उपस्थिति रह्यो ।
सचेतना तालिमलाई सम्बोधन गदै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविन आचार्यले ट्राफिक नियमप्रति सबै नागरिक जिम्मेबार बन्नुपर्नेमा जोड दिदै दुर्घटना न्युनिकरण गर्नको लागि सबैले सचेतना अभियान चलाउन जरुरी रहेको बताए  जिल्लाका विकट वस्तीमा प्रशिक्षण दिन थालेको ट्राफिकले अहिले आएर गाँउ गाँउमा जाने सवारी साधनका चालक लाई समेत ट्राफिक नियमको बारेमा यात्रुलाई प्रशिक्षण दिन थालेपछि यात्रुमा समेत खुसीयाली देखिन थालेको छ ।दैनिक दिनहु जसो सयौको सङ्ख्यामा गाडी चल्ने गोरुसिङे सन्धिखर्क सडक खण्डमा टा«फिक प्रहरीको प्रशिक्षणले सुधार आउन थालेको व्यवयासी चुरा बहादुर केसीले बताए । ट्राफिक नियमको बारेमा सचेतना गराउने पहलकदमीले गर्दा सबैमा अनुशासन धैर्यता देखिन थालेको छ ।
सवारी साधनप्रति ज्ञान टाफिक सचेतनासमेत नहुदाँ आवश्यक भन्दा बढीको गतिमा सवारी साधन चलाउने चालकले ट्राफिक सचेतनापछि अहिले सिमित गतिमा गाडी दौडाउन थालेको जिप चालक रामु विकले बताए । ट्राफिक सचेतनाले गर्दा सबैको जीवनशैली फेरिएको सचेतना समेत बढेको उनले बताए व्यवसायी चालक सहचालकलाई एकै ठाँउमा राखेर दिएको प्रशिक्षणले गर्दा सबैमा सचेतना बढेको सबै जिम्मेवार बनेकोले यस्ता कार्यले सबैलाई फाइदा पुग्ने अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा. लि.का कार्यालय प्रमुख नारायण भुसालले बताए ।दुर्घटना हुनुभन्दा पहिला नै सबैलाई सजग बनाउन ट्राफिक प्रहरीले जिल्लाका ४ सय ३३ स्थानमा कार्यक्रम गरेको जसले गर्दा १० हजार १ सय ८ जना ट्राफिक नियमप्रति सचेत रहेको कार्यालय प्रमुख प्रविन आचार्यले बताए ।
 थौरे जनशक्तिमा जिल्लाका विकट विकट वस्तीमा पुगेर ट्राफिक प्रहरीले सचेतना जगाउनु सबैको उपलब्धी भएको प्रहरी हलब्दार नारायण पराजुलीले बताए । ट्राफिकले जिल्लाका विभिन्न ठाँउमा चालक र सहचालकलाई १९८ स्थानमा तालिम दिदा ४ हजार ८२ जना लाभान्वित भएको र १८ स्थानमा रहेका सामुदायिक विधालयमा तालिम दिदा ११५० जना विद्यार्थी लाभान्वित भएको प्रमुख आचार्यको भनाई रहेको छ ट्राफिक प्रहरी प्रमुख आचार्यको आगमन सँगै जिल्लामा धेरै सुधार आएको छ । 
जिल्लाका विकट बस्तीमा यात्रुले सहजतापुर्वक यात्रा गनुपर्ने नागरिकको दायित्व रहेको बताउदै नियम उल्लगन गर्ने जोकैलाई कार्यबाहीको दायरामा ल्याउनुपर्ने बताउने उनी लुम्विनी प्रदेशमा ट्राफिक नियम जनताको बिचमा लैजाने अगुवाको पात्रको रुपमा मानिन्छ भने लामो समयदेखि जिल्लामा भाडामा बसी रहेको ट्राफिक प्रहरीले आचार्यको आगमन सँगै जिल्लामा भबन निर्माणको थालनी गरेको छ ।

अन्य समाचारहरु