अराज बेल्बासे
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा अवस्थित श्री सरस्वती माविले स्थापना भएको ६१ बर्षमा पहिलोपटक स्थापना दिवस मनाएको छ । २०१७ साल पुस ५ गते स्थापना भएको यो बिद्यालय कक्षा १ बाट सुरु गर्दै अहिले कक्षा १२ सम्म अध्ययन हुने गरेको छ ।
कार्यक्रममा बिद्यालयका सहायक प्रअ धर्मराज खनालले स्थापनाकाल देखिको सक्षिप्त प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम स्वागत गर्दै बिद्यालयका प्रअ खुम प्रसाद बेल्बासेले बिद्यालयका शिक्षक,अभिभावक ,ब्यवस्थापन समिति सबैको साथले बिद्यालयले राम्रोनतिजा प्राप्त गर्न सफल भएको बताउनु भयो ।बिद्यालय सफल बनाउन अभिभावक र समितिको प्रमुख हात र सहयोग हुने भएकोले अहिले सम्म सबैको साथ पाएकोले काम गर्न समेत सजिलो भएको बेल्बासेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासदस्य रामजि घिमिरेले बिद्यालयको लामो इतिहासमा उल्लेखनिय काम गर्दै आएकोमा प्रशंसा गर्नु भयो अग्रजहरुले मेहनतका साथ स्थापना गरेको बिद्यालय टिकाउन वडा नम्बर २ बासीको एकताले बिद्यालयमा अहिले १२ कक्षा सम्म अध्यन हुन थालेको र आगामी दिनमा अहिलेको शिक्षा पद्धतिले रोजगारी सिर्जना गर्न नसक्ने भएकोले अब रोजगारमुलक शिक्षामा जोड दिन बिद्यालयलाई अनुरोध गर्नु भयो । अबको आबश्यकता प्राबिधिक शिक्षा भएकोले रोजगार मुलक प्राबिधिक शिक्षा तर्फ आकर्षण समेत बढेकोले सरस्वती माबिले पनि प्राबिधिक शिक्षा सुरु गर्नु पर्नेमा जोड दिँदै आफुले प्रदेस सरकारको तर्फबाट सहयोग गर्न तयार रहेकोबताउनु भयो । साथै बिद्यालयलाइ आवस्यक ट्रसको लागि आगामी बर्ष १० लाख बजेट बिनियोजन गर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले बालबालिकाहरुलाइ घरबाटै अनुसासन सिकाउन पर्नेमा जोड दिनु भयो । बालबालिकाको प्रमुख पाठशाला घर र बाबुआमा हुने भएकोले घरबाटै प्रारम्भिक शिक्षाको सुरुवात हुने बताउनु भयो । प्राबिधिक शिक्षा शितगंगामा सञ्चालन गर्न पटक पटक पहल गरे पनि प्रदेस सांसद बाटै सहयोग नभएको अधिकारीले गुनासो गर्नु भयो । सांसदले शितगंगामा सिफारिसनै नदिएको तर आफ्नो क्षेत्रमा २ वटा प्राबिधिक बिद्यालय खालेर शितगंगा बासिलाइ उपेक्षा गरेको नगरप्रमुख अधिकारले आरोप लगाउनु भयो ।
कार्यक्रममा बिद्यालयमा अध्यापनरत पुर्व शिक्षकहरुलाइ सम्मान गरिएको थियो । साथै भरेखरै सेवा निव्रित हुनुभएका शिक्षक राजेन्द्र क्षेत्रीलाई बिधाई गरिएको थियो । साथै एसइइ मा अहिले सम्मकै उत्कृष्ट ३.७५ जिपिए प्राप्त गर्ने अनमोल बेल्बासे तथा कक्षा १२ मा हाल सम्म बिद्यालय प्रथम हुने ममता गुरुङ , समीक्षा गुरुङ साेनु खत्री लाई समेत सम्मान गरिएकाे छ यस्तै पुर्व शिक्षक राजेन्द्र केसि कल्पना केसि राजकुमार सिङ्जाली चन्द शर्मालाई समेत बिधाई तथा सम्मान गरिएकाे थियाे ।
यस्तै शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलले बिद्यालयमा शौक्षिक तथा भौतिक सुधारमा जस्तै अब प्राबिधिक रुपमा पनि आवश्यक सहयोग शिक्षाशाखा बाट हुने बताउनु भयो । पछिल्लो समय सामुदायिक बिद्यालयका शिक्षक राजनितीमा बढि सक्रिय हुम्हदा पठनपाठनमा समेत प्रभावित हुने गरेको गुनासो आउने भएकोले शिक्षक प्रत्यक्ष राजनिति अन्त्य नहुदा सम्म शैक्षिक गुणस्तर कायम हुन नसक्ने बताउनु भयो । कुनै पनि शिक्षक सक्रिय राजनितीमा लाग्ने भए राजिनामा दिएर लाग्न पोख्रेलले सुझाव दिनु भयो ।
बार्षिक उत्सव कार्यक्रममै पुर्व शिक्षक राजेन्द्र क्षेत्रीले रु १ लाखको अक्षयको स्थापनाको लागि सहयोग समेत गर्नु भएको कार्यक्रम सञ्चालक दिनेस पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोवर्धन थापाले बिद्यालय निर्माणको जिम्मा जनप्रतिनिधि नहुँदै अभिभावकले दिएकोले जनप्रतिनिधिमा निर्वाचित भए पछि प्राथमिकताका साथ बजेट पारेको बताउनु भयो बिद्यालय ब्यवस्थापन समितिको चुनावबाटै चुनिएर जिम्मेवार पाएकोले पनि जिम्मेवार भएर कर्तव्य निर्वाह गरेको थापाले बताउनु भयो । आफू अध्यक्ष हुँदा सामान्य कच्चिभवन मात्र रहेको बिद्यालय अहिले ३ वटा ठुला भवन सहित लाइब्रेरी ,विज्ञान प्रयोगशाला, ब्यवस्थित बालशिक्षा, कम्प्युटर कक्षाु सञ्चालन गर्नसक्ने अबस्थामा पुराएको बताउनु भयो ।