काठमाडौं: नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ। अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
त्यस्तै दोस्रोमा पुष्पा भुसाल २७१८ मत, तेस्रोमा आरजु राणा २५३६ मत, चौथोमा अम्बिका बस्नेत २३३९ मत र पाँचौंमा ईश्वरी न्यौपाने २२५९ मत ल्याएका छन्। त्यस्तै छैटौंमा सरिता प्रसाईँ २०९६ मत, सातौंमा रमा कोइराला १८५८ मत, आठौंमा सुशीला ढकाल १८०४ मत र नवौंमा रंगमति शाही १७८९ मत ल्याएर विजयी भएका छन्।
त्यस्तै अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार विजयी भएका छन्। उनले २१७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। अन्नपूर्णपोष्टमा समाचार छ ।