अर्घाखाँचीबासीले अब यातायातको कर तिर्न, नविकरण र नयाँ चालक अनुमति पत्र लिन कपिलवस्तुबाट पाउने


अर्घाखाँचीडट्कम संवाददाता 
गोरुसिंगे, कपिलवस्तु । अर्घाखाँची जिल्लालाई समेटर यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुमा स्थापना गरिने भएको छ ।
अर्घाखाँची जिल्लालाई समेटर यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित गोरुसिंगेमा स्थापना स्थापना गरिने भएको हो । साथै गोरुसिँगे संभव नभए कपिलवस्तुको सदरमुकाम क्षेत्र तौलिहवामा कार्यालय स्थापना गर्ने तयारी लुम्बिनी प्रदेश सरकारको श्रर्म,रोजगार तथा यातायात व्यवस्था मन्त्रालले गरेको छ ।  
कपिलवस्तुमा सो कार्यालय स्थापना भए सँगै यातायातको कर तिर्न, नविकरण गर्न, सवारी चालक अनुमती पत्र नविकरण र नयाँ चालक अनुमति पत्र लिनका लागि रुपन्देही धाउन पर्दैन । 
साथै मुख्य सेवा कार्यालय सदरमुकाममा स्थापना भए सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर भने खुला स्थानको राजमार्ग क्षेत्रमै स्थापना हुन सक्ने पनि बताइएको छ । 

अन्य समाचारहरु