अर्घाखाँची जिल्ला स्वास्थ कार्यालयमा कोभिड १९ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता  | अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला स्वास्थ कार्यालयमा कोभिड १९ सम्बन्धी  न्यूनीकरणका लागि सरोकारवालाहरुसँग  सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।  
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठानको आयोजना र जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीको समन्वयमा कोभिड -१९ एचआईभी तथा क्षयरोग लान्छना तथा भेदभाव भ्रम र यथार्थको बारेमा स्वास्थ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो  ।
जिल्ला अस्पताल अर्घाखाँचीको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वास्थ कार्यलयका निमित्त प्रमुख राम प्रसाद गौतम, स्वास्थ निरीक्षक गणेशराज पौडेल कोभिड – १९ फोकल प्रसन बिजय बिक र केन्द्र कि प्रमुख जेनि भट्टराईले विभिन्न बिधामा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि जिल्ला समन्वय कार्यालयका प्रतिनिधि ,जिल्ला अस्पताल तथा स्वास्थ कार्यलयका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
जिल्ला स्वास्थ कार्यालयका निमित्त कार्यालय प्रमुख राम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सरोकार केन्द अर्घाखाँचीकी प्रमुख गिता भुसालले गरेकी थिइन् । 

अन्य समाचारहरु