रुद्रमणि भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नयाँ मतदाताका रुपमा २ सय ९० जनाले आफ्नो नामावली दर्ता गराएका छन् । जसमा महिला १०६ र पुरुष १८४ रहेका छन् ।
आँउदो निर्वाचनको तयारी लाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गरिएको मतदाता नामावली संकलन विशेष कार्यक्रममा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको दर्ता स्थल व्यवस्थापक (निर्वाचन सम्पर्क व्यक्ति) शिव सुनारले बताउनु भयो ।
फोटोसहितको मतदाता नामावली संकलनका लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने छ । आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।
स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले पौष ८ गतेसम्म गाउँपालिकामै फोटो खिचाउने र नाम दर्ता गराउन सकिने छत्रदेब गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम न्यौपानेले जानकारी दिनु भयो ।