कमला पोख्रेल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको नौलापानी निवासी ४९ बषिया श्यामलाल नेपालीको उपचारका लागि संकलन भएको आर्थिक सहयोग आज उनकै घरमा पुगेर हस्तान्तरण गरिएको छ ।
इजरायलबाट समाजसेवी विष्णु भट्टराईको पहलमा संकलित १ लाख ३७ हजार ३ सय र रामलिला सामाजिक विकास केन्द्रले १३ हजार गरी आज १ लाख ५० हजार ३ सय रुपैया नेपालीकै घर नौलापानीमा पुगेर हस्तान्तरण गरिएको हो ।
पेटमा पानी जमेर हिडडुल गर्न समेत नसक्ने अबस्थामा रहेका नेपालीको उपचारकालागि आर्थिक अभाव भएपछि अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराइको पहलमा संकलित १ लाख ३७ हजार ३ सय रुपैया उहाँका बुबा गोबिन्द भट्टराइले आज हस्तान्तरण गर्नु भएको हो ।
पेटमा पानी जम्मा भएको र उपचारका लागि २५ देखि ३० लाख खर्च हुने विरामी नेपालीले बताएका छन् । इजरायलमा रहेका विष्णु भट्टराईले अर्घाखाँचीका विभिन्न दिर्घ रोगी तथा घाइते अपांगहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
यस्तै रामलिला सामाजिक विकास केन्द्र अर्घाखाँचीले १३ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका नगर सभापति तथा समाजसेवी ब्यक्तित्व बाबुराम भुसाल र सस्थाका सचिव नारायण खत्रीले १३ हजार रुपैया विरामी श्यामबहादुर नेपालीलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसाल, समाजसेवी ब्यक्तित्व गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, समाजसेवी तथा स्थानीय नारायण खत्री, सोनु जिसि लगायतको उपस्थिति रहेको थियो ।
इजरायलमा विष्णु भट्टराइको पहलमा संकलित रकम यस प्रकार रहेको छ।
१- लक्ष्मिधर गौतम – १०० सेकल
२- मधु जि.सि. – रु १० हजार नेपाली
३- नाम नखुलाउनु हुने – ५० सेकल
४- रुपेश बिष्ट – १०० सेकल
५- तिर्थ गौतम – ५० सेकल
६- अजनवि लिम्बू – १०१ सेकल
७- इन्द्र भण्डारी – १०० सेकल
८- संझना पन्त – ५१ सेकल
९- बिमला पन्त – ५१ सेकल
१०- दिपिका भुसाल – ५१ सेकल
११- राम कँडेल – १५१ सेकल
१२- नयन मौन – 50 सेकल
१३- दिपक के.शि. – रु १० हजार नेपाली
१४- दिपक क्षेत्री – १०० सेकल
१५- सरला अर्याल – ५० सेकल
१६- रेखा पन्त – ५१ सेकल
१७- सरु बुढाथोकी – ५१ सेकल
१८- दुर्गा उपाध्य – ५१ सेकल
१९- नाम नखुलाउन चाहने – ५१ सेकल
२०- नाम नखुलाउन चाहने – ५१ सेकल
२१- कृष केशि – रु १० हजार नेपाली
२२- मुना थापाराई – ५१ सेकल
२३- साबित्रा पौडेल – १०० सेकल
२४- सुरेन्द्र दवाँसे – ५१ सेकल
२५- नारायण बन्जाडे – ५० दराम
२६- सीता भण्डारी – ५० सेकल
२७- पुष्पा चापागाईँ – ५० सेकल
२८- निरु मल्ल ठकुरि – १०५ सेकल
२९- कोपिला भट्टराई – ५१ सेकल
३०- नेहा मन्जु गुरुङ – ५१ सेकल
३१- निता क्षेत्री – १०० सेकल
३२- जानुका चापागाईं – १०० सेकल
३३- खगेश्वर अधिकारी – ५० सेकल
३४- कृष्ण ( संजय ) चुँदाली – १०१ सेकल
३५- कुश भट्टराई – १५० सेकल
३६- सन्दिप भण्डारी – १५१ सेकल
३७- कमला पाण्डे – २०० सेकल
३८- बिष्णु प्रसाद भट्टराई – ६०७५ रुपैयाँ