अर्घाखाँचीमा हाल ११७ जना एचआईभी संक्रमित | ५५ पुरुष, ५५ महिला र ७ जना बालबालिका


अर्घाखाँचीडट्कम संवाददाता  | अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला स्तरीय सरोकार वालाहरुसँग एचआईभी कार्यक्रम सम्बन्धि समन्वय तथा समिक्षा बैठक सम्पन्न भएको छ । 
बुधबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा ,जिल्ला समन्वय कार्यालयका नायब सुब्बा बिनोद कुवर,स्वास्थ कार्यालयका निमित्त कार्यालय प्रमुख राधाराम आचार्य  स्वास्थ कार्यालयका सूचना अधिकारी बिजय बिक .रेड्क्रस प्रतिनिधि हरि प्रसाद दमासे,  गैसस महासंघ का अध्यक्ष ठाकुर प्रसाद  अधिकारी,,लोकतान्त्रिक गैससका प्रतिनिधि तारा प्रसाद घिमिरे सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली ,अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम राना ,ल्याब टेक्निसियन राजकुमार बन्जाडे नर्सिङ प्रमुख सरस्वती बन्जाडे मल्लरानी ग्रामीण बिकाश केन्द्रका कार्यकारी प्रमुख बिजय श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे । 
 
सन्देश सहयोग समूह अर्घाखाँची र मल्लरानी ग्रामीण बिकाश सरोकार केन्द्रद्वारा आयोजित समिक्षा बैठकमा सन्देश समुहकी जिल्ला कोडिनेटर  पार्बता थापा र सरोकार केन्द्र कि एचआईभी कोडिनेटर जेनि भट्टराईले जिल्लामा एचआईभीको अबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्लामा हाल एचआईभी संक्रमित  १ सय १० जना रहेको जस अनुसार ५५ जना पुरुष र ५५ जना महिला रहेको जानकारी गराइएको थियो त्यसको अलवा ७  जना काबा बालबालिका (अठार बर्ष) मुनिका समेत संक्रमित रहेका छन् ।
काबा संक्रमित ७ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति हरेक महिना  एक/एक हजार आर्थिक सहयोग  सन्देश सहयोग समूह अर्घाखाँचीले गर्दै आइरहेको छ।
कार्यक्रम मल्लरानी ग्रामीण बिकाश सरोकार  केन्दका अध्यक्ष निर्मल प्रसाद श्रेष्ठको अध्यक्षता केन्द्रका कार्यकारी प्रमुख बिजय श्रेष्ठको स्वागत मन्तब्य तथा केन्द्रकी कार्यक्रम अधिकृत गिता भुसालको संचालनमा सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु