खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका कोरोना मुक्त भएको छ । यस गाउँपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस मालारानी गाउँपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ५६२ जना रहेको छ ।
यस्तै यस पालिकामा गत वर्षदेखि आजसम्म ५४७ जनाले कोरोना जितेका छन् । भने अहिलेसम्म १५ जनाको निधन भएको छ ।
बिहिवारको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १ जना, भूमिकास्थान नगरपालिकामा २ जना, शितगंगा नगरपालिकामा ० जना, मालारानी गाउँपालिकामा १, पाणिनी गाउँपालिकामा ७ र छत्रदेव गाउँपालिकामा ० जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४९८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७३ जना, भूमिकास्थान नगरपालिकामा ७६३ जना, शितगंगा नगरपालिकामा ४४४ जना, मालारानी गाउँपालिकामा ५६२ जना, पाणिनी गाउँपालिकामा ४५५ जना र छत्रदेव गाउँपालिकामा ३०१ जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर १ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४३९८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १९४२ जना, भूमिकास्थान नगरपालिकामा ७४५ जना, शितगंगा नगरपालिकामा ४३० जना, मालारानी गाउँपालिकामा ५४७ जना, पाणिनी गाउँपालिकामा ४३७ जना र छत्रदेव गाउँपालिकामा २९७ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।