गोखुङ्गा कालुकादिपको श्री महादेव आधारभुत विद्यालय शिक्षक बिहिन, अभिभावक शिक्षक खोजीमा


श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची । मालारानी गाउँपालीका वार्ड नम्वर ९ गोखुङ्गाको कालुकादिपमा रहेको श्री महादेव आधारभुत विद्यालय , शिक्षक बिहिन अबस्थामा रहेको भन्दै बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित स्थानिय अभिभावकले शिक्षक खोजी गरी पाउँ भनि पालीकाको कार्यालयमा पुगी ध्यानकार्षण गराएका छन् ।
बिद्यालयमा कार्यरत शिक्षक बिद्यालय व्यवस्थापन समितिको सहमति बिना गत मंसिर १६ गतेदेखी टेवलमा रमाना छोडेर गएको र सोही दिनदेखी बिद्यालय शिक्षक बिहिन अबस्थामा रहेको भन्दै, यथासिघ्र शिक्षकलाई खोजी बिद्यालयमा हाजीर गराई पठन पाठनमा सहयोग गरीदिन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर बिक सहितका स्थानियले पालीकालाई अनुरोध गरेका छन । उनिहरुले बुधवार पालीकाको कार्यालय खनदहमा पुगी प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीलाई ध्यानकार्षण पत्र बुझाएका हुन ।
ध्यानकार्षण पत्र बुझदै प्रमुख प्रशासकिय अधिकृत पन्थीले बिद्यालयको समस्याप्रति आफुहरु गम्भीर रहेको भन्दै थप छलफल गरी समस्याको समाधान गर्ने बताउनु भएको स्थानिय लेखनाथ खनालले बताउनु भयो । केही दिन भित्रमा समस्याको समाधान हुने पन्थीको भनाई रहेको छ । पन्थीले पालीकाले पठाउने भनेको शिक्षक बिद्यालयले हाजीर नगराएको समेत बताउनुभएको छ ।