अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा रहेको श्री विश्व माध्यमिक विधालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।
ढाकावाङको श्री विश्व माध्यमिक विधालयका प्रशासन र लेखाशाखामा अतिरिक्त शुल्क बन्द लगायतका विप्लब नेकपाका माग पुरा नभएको भन्दै अखिल (क्रान्तिकारी) अर्घाखाँचीले अनिश्चित कालको लागि तालाबन्दी गरेको हो ।
अखिल क्रान्तिकारीको अगुवाईमा र बिगतदेखि विद्यार्थीहरुले गरेको आन्दोलनमा विधालय प्रशासन गम्भीर नभएको र विगतमा गरेको सहमतिलाई उलंघन गरेकोले साथै नगर शिक्षा पनि मुख दर्शन भएको उनिहरुको दावी छ ।
साथै अनिश्चित कालको लागि विधालय प्रशासन र लेखाशाखामा तालाबन्दी गरिएको उनिहरुले बताएका छन् । तर विधालय प्रशासनले ताला जवर्जस्ती लगाउन नमिल्ने र ताला तोड्ने बताएको छ ।