काठमाडौं, पुस ९ गते । २४ घण्टामा तीन लाख २९ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ लाख २९ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार नेपालले अहिलेसम्म ३ करोड ८५ लाख ३९ हजार ३३७ मात्रा खोप प्राप्त गरिसकेको छ । खोप अभियान सुरु भएदेखि अहिलेसम्म नेपालले २ करोड २८ लाख ४० हजार १८९ मात्रा खोप लगाइसकेको छ ।
जसमा कुल जनसंख्याको ४२.५ प्रतिशतले एक मात्रा र ३२.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ६४.८ प्रतिशलले एक मात्रा र ४९.८ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
सरकाले दैनिक दुई लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ। यस्तै चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने तयारी छ । गोरखापत्रमा समाचार छ ।