अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लामा स्वास्थ्यमा समस्या भएका चालकले सवारी कुदाउने गरेको पाइएको छ ।
जिल्ला भित्र र बाहिर सवारी कुदाउने अधिकांश चालकहरुमा स्वास्थ्यमा समस्या भएको पाइएको हो ।
जिल्लामा सवारी साधान चलाउने पाका उमेरका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको देखिदैन । अर्घाखाँचीमा कयौ सवारी चालकहरु प्रेसरका समस्या भएका, नजिकको नदेख्ने, टाढाको नदेख्ने र रङ छुट्याउन नसक्ने जस्ता स्वास्थ्यमा समस्या रहेको देखिन्छ ।
आँखाको कमजोरी र उच्च रक्तचाप भएका चालकबाट दुर्घटनाको जोखिम हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यक रहेको अधिकांश सवारी चालकहरुले अर्घाखाँचीडट्कमलाई बताए । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसमा ध्यान दिनपर्ने उनिहरु बताउन्छन् ।
आँखामा कमजोरी देखिएका व्यक्तिलाई चश्मा लगाउन र रक्तचाप भएकाहरुलाई खानपानमा ध्यान दिई स्वास्थ्य व्यवस्थापन गर्न सल्लाह प्रदान गर्न लगायतका लागि बेला-बेलामा स्वास्थ्य परीक्षण आवश्यक रहेको बताईएको छ ।