प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले वार्डमै पुगेर याेजना सम्झौता कार्य शुरु गरेको छ ।
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज वार्ड नम्बर ६ नरपानीमा वार्ड कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयाे ।
छिटोभन्दा छिटो याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै याेजना सम्झौता गरिएको हाे । वडामै याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , अधिकृत छैठो जीवनारायण आचार्य, , याेजना शाखा प्रमुख नारायण पाेख्रेल , लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यता , वडा अध्यक्ष कृष्णबहादुर आचार्यकाे अध्यक्षता र वडा सचिव माेहन पुरीकाे सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य रमेश खड्का , मिना सुनार, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उपभोक्ता समितिका इन्द्रमणि न्याैपाने, पदम खत्री लगायतले मन्तब्य राख्नु भएको थियोे ।