सन्धिखर्क बजारमा नेपाली सेनाको राष्ट्रिय सेवा दलद्धारा सरसफाई कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले चौथौ वार्षिक उत्सवको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार रास्ट्रिय सेवा दलले अर्घाखाँचीको सन्धिखर्क बजार ईलाकामा सरसफाई गरेको हो ।
“स्वच्छ जीवन, स्वच्छ वातावरण, सरसफाई हाम्रो अभियान” नाराको साथ सन्देश मुलक प्लेकार्ड सहित निस्केको रास्ट्रिय सेवा दलमा तालिमरत विद्यार्थी, रास्ट्रिय सेवा दलका पदाधिकारी, नेपाली सेना,शसस्त्र प्रहरी, जनपद प्रहरी, बिद्यालयका अन्य विद्यार्थी, तिनका अभिभावक, शिक्षक, स्थानिय जन प्रतिनिधिहरु गरी १६४ जनाको उपस्थितिमा बजार परिक्रमा गरि शान्ति बगैंचामा पुगि सरसफाई कार्यक्रममा सहभागि भएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, ईश्वरी बक्स गुल्मका निमित्त गुल्मपति सह सेनानी किरण पुडासैनी,शसस्त्र प्रहरी बल नं घट गुल्मका निमित्त गुल्मपति शसस्त्र प्रहरी निरीक्षक बाबुराम पौडेल, सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे, शिक्षा ईकाइ तथा समन्वय अर्घाखाँचीका प्रमुख मनिराम पराजुली, नेपाल पत्रकार महासंघका प्रतिनिधि, गौरीशंकर बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गणेश क्षेत्री लगायत को उपस्थित रहेको थियो । कार्यक्रम एनसीसी नेपाल अर्घाखाँचीका निर्देशक हेमराज अधिकारीको अध्यक्षतामा एनसीसी नेपालका सचिव ममता जि.सिको स्वागत तथा शिक्षक शिव बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।
युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता विकास अभिबृद्वी गर्दै बदलिँदो परिवेशमा सुचना तथा प्रबिधिमा भएको दुर्त बिकाश जस्ता विविध कारणले युबा विद्यार्थीहरुमा दिन प्रतिदिन बढ्दै गईरहेको सामाजिक नैतिक परम्परा मुल्य मान्यतामा ह्रास हुने त हैन भन्दै राष्ट्रिय भावना तथा अनुशासनमा कमि लगायत लाई मध्यनजर राखी बि.स २०२२ साल कार्तिक ७ गते रास्ट्रिय सेवा दलको स्थापना गरिएको थियो ।
उक्त दलले हाल सन्धिखर्क नगरपालिका वडा न.१ स्थित गौरीशंकर बोर्डिङ्ग स्कुलका छात्रारछात्रहरुलाई नेपाली सेनालको राष्ट्रिय सेवा दलले मंसिर १९ गतेबाट ४७ औँऔ जुनियर डिभिजन एन सि सि तालिम सञ्चालन गरिरहेको छ ।
उक्त दलले हरेक दिन बिहान र बेलुका १/१ घण्टा नियमित तालिम दिदै आईरहेको छ । उक्त तालिममा १८ छात्रा तथा १८ छात्र को सहभागीता रहेको छ।

अन्य समाचारहरु