श्याम घिमिरे | अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१० अर्घाको धरमपानीको शिखरबार्नीमा निर्माणधिन अर्घा भगवती विमानस्थलकाे ९० प्रतिशत काम सम्पन्न भएकाे छ ।
अर्घा भगवती विमानस्थलकाे अहिलेस्म्म ९० प्रतिशत काम सम्पन्न भएकाे हो । भने केही दिनमै परिक्षण उडानपनि हुने भएको छ ।
अर्घा भगवती विमानस्थलका ठेक्दार निर्माण व्यवसायी कविराम खनालले दिएको जानकारी अनुसार अहिले दोस्रो र तेस्रो काम हुँदै छ । पहिलो ५०० मिटरको काम अर्घाखाँची पुष्पा निर्माण कम्पनी गरेको थियो । साथै आगामी २०७९ भदौ १७ गतेसम्म सक्नुपर्ने भएता पनि यहाँको काम केही समयमा नै सम्पन्न हुने भएको छ ।
अर्घा भगवती विमानस्थलका लागि २० करोड रुपैयाँ विनियोजन भएको थियो ।
विमानस्थलको २०७३ साल असार १३ गते तत्कालिन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गरेका थिए । यस्तै गत वर्ष २०७६ श्रावण २२ गते बुधवार शुभारम्भ गरिएको अर्घा भगवती विमानस्थल सम्झौता अनुसार २०७७ साल कार्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने थियो ।
बिमानस्थलको रनओए च्यानेज 0+३५० देखि 0+८५० सम्म ५०० मि. ४० देखि ७० मिटरको चौडाइमा खन्ने र ११०० घ.मि. जाली लगाउनु पर्ने छ । उक्त विमानस्थलको निर्माणा खर्च सम्झौता पत्रमा उल्लेख गरिएको अनुसार भ्याट सहित कुल ५,६९,६२,३३६.५२ रहेको छ।
अर्घाखाँचीबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हवाई यात्रा गरिरहेका छन् ।
आकस्मिक उपचारका लागि ३ लाख रुपैयाा खर्चगरि हेलिकप्टर मगाउनु पर्ने बाध्यता छ । अर्घा विमानस्थलको पटक पटक शिलन्याश भइसकेको छ । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पहिलो पटक २०७३ साल असार १३ यसको शिलान्याश गरे । पछि उनले नै २०७४ चैत्र ११ र २०७६ साउन २२ गते पनि विमानस्थलको शिलन्याश गरे । सन्धिखर्क नगरपालिको वडा नम्बर-१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको बिमानस्थल अर्घाखाचीबासीको ठुलो सपना हो । विमानस्थल बनेमा छिमेकी जिल्ला गुल्मी, प्युठान र अर्घाखााचीका नागरिक बिहान काठमाण्डौ गई समयमै उपचारसँगै अन्य कामसकेर साँझ घर र्फकन सक्ने छन् ।