सन्धिखर्कमा घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम सम्पन्न (फोटो फिचर)


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची १२ पुस । नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम सोमबार सन्धिखर्कमा भएको छ । 
कार्यक्रममा इन्सेक अर्घाखाँचीका  जिल्ला प्रतिनिधि कुल बहादुर नेपालीले  मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि अर्घाखाँचीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरेका थिए ।  जसमा नेपालीले  कर्तब्य ज्यान मुद्धामा ९ वटा जबरजस्ती करणी १९ वटा बहुविवाह २ कुटपिट १ घरेलु हिसा १ अपरहण १ बन्द हड्ताल हिरासत १ गैरकानुनी हिरासत २ जना अभद्र व्यबहार गर्न नहुने २२ जना सार्वजनिक हित संरक्षण १ गरी ५९ वटा मुदा रहेको नेपालीले सार्वजनिक गरे । 
समिक्षामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रजिअ हरि प्रसाद घिमिरेले मानव अधिकार बर्षपुस्तकमा राखिएका विषयवस्तुहरु समय सन्दर्भ अनुसार हुने बताए  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले आफुहरुको सेवा प्रवाह मानव अधिकारमैत्री पनि बन्दै गएको महसुस इन्सेक प्रतिवेदनबाट पुष्टि भएको प्रतिक्रिया दिए । 
‘केहि समय पहिलेसम्म मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिवेदन प्रहरी प्रशासनलाई मात्रै दोष दिने गरेको, भएतापनि ‘समय र परिस्थीति अनुसार प्रहरी प्रशासन र मानव अधिकारका विषयवस्तु परिवर्तन हुँदै गएका छन् ।’  जिल्ला कारागार अर्घाखाँचीका प्रमुख नुमलाल पन्थीले कारागारका समस्याका बारेमा जानकारी गराए । नेपाल बार एशोसियसन का  अध्यक्ष विजय खत्रीले कानुनका झंजटिला प्रक्रिया र विधि विज्ञान प्रयोगशालाबाट रिर्पोट आउन ढिला भएका कारण बैदीबन्दीको मुद्धा समयमै टुङ्गो लाग्न नसकेको बताए ।  जिल्ला सहमहान्याधिबक्ता निराजन शर्माले मानब अधिकारको रक्षाको लागि इन्सेकले गरेको भुमिका महत्वपुर्ण भएको बताए । जिल्ला अदालतका श्रेस्तदार महेश खनालले मानब अधिकार रक्षाकोे लागि हरेक निकाय जिम्मेबार बन्नुपर्ने बताए । 
दलित अधिकारकर्मी विष्णु परियारले मानव अधिकारकर्मीहरु सधै नकरात्मक बिषयको पैरवी गर्छन् भन्ने मानसिकताको अन्त्य गर्न सामाजिक अधिकारका विषयमा सबैले सहकार्य र सम्वन्य गर्न आबश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमालेका सचिब तोज बहादुर रायमाझी , नेपाली काग्रेसका पुर्व पार्टी सचिब लोकेन्द्र विश्वकर्मा , नेकपा माओबादी केन्द्र नेता कमला भण्डारी भुसाल , सघीय समाजबादी जसपाका नेता मनिश सिह एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान ,राष्ट्रिय जनमोर्चाका नेता ठाकुर पन्थी सुनार लगायतका नेताले समीक्षा कार्यक्रममा मन्तब्य राखेका थिए । 
कार्यक्रममा महिला अधिकारकर्मी सञ्चारकर्मी  गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु