पाणिनी बहुप्राबिधिक शिक्षालयमा घरधनी र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्रकाश प्युठानी 
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। पाणिनी बहुप्राबिधिक शिक्षालयले आज शिक्षालयमा अध्ययन गरिरहेका बिद्यार्थीहरु भाडामा राख्ने घरधनिहरुसँग भैरहेका गतिविधिहरुका बारेमा छ्लफल गरेको छ ।
छ्लफलमा शिक्षालय, प्रहरी, अभिभावक, जनप्रतिनिधि, बिद्यार्थी तथा घरधनिहरुका तर्फबाट के गर्ने भन्ने विषयमा छ्लफल भएको थियो । घरधनिहरुले पछिल्लो समयमा भएका चोरी तथा विभिन्न घटनाले गर्दा स्थानियहरु त्रसित समेत भएको गुनासो आइृरहेका बेला शिक्षालयले कार्यक्रमको आयोजना गरेर सकारात्मक सन्देश प्रवाह गरेको छ र्। बिद्यार्थी भाडामा बस्ने सबैलाई बेलुका ८ बजे भित्र कोठामा आइपुग्ने, कार्यक्रममा बोल्दै बिद्यार्थीलाई सुर्ती जन्य तथा मदिरा जन्य पदार्थ बिक्री नगर्न, शिक्षालय प्रमुख मणि गैरेले आग्रह समेत गर्नुभएको थियो ।
सम्पुर्ण पसल ८ बजे बन्द गर्ने , आफुले पाएको सुचना प्रहरीलाई तत्काल उपलब्ध गराउने , जस्ता निर्णय गरिएको छ ।
जनप्रतिनिधिको तर्फबाट आवस्यक पहल र सहजिकरण गर्दै , सामुदायिक विद्युत्तिकरणका उपभोत्ता मारम परेकाले तत्काल एउटा ट्रान्सफर्मरको ब्यावस्था गर्ने विषयमा पनि छ्लफल गरिएको थियो । कार्यक्रममा शिक्षालय प्रमुख मणि गैरे , कर्मचारि कृष्ण प्रसाद घिमिरे पाणिनि ७ का वडा सदस्य नवीन कुमार टन्डन, इलाका प्रहरि चौकी पालीका असइ कृष्ण बहादुर तामाङ लगायत घरधनिहरुको उपस्थिती रहेको थियो । 
यसैविच सोहि अवसरमा प्रहरि समुदाय साझेदारी सचेतना मुलक कार्यक्रममा बोल्दै इलाका प्रहरि चौकी पालीका असइ कृष्ण बहादुर तामाङले प्रहरीले दिने सुरक्षा पुर्ण रुपमा दिने, निरन्तर गस्ती गरिने र कुनै जानकारी भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नु भएको थियो।

अन्य समाचारहरु