अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्थापना भएको छ ।
डिभिजन प्रमुख रामभरोस यादव
पाल्पाको मातहतमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले आज मंगलवारदेखि सन्धिखर्कबाट सेवा दिन शुरु गरेको हो । यस्तै भुसंरक्षण कार्यालय र पशुसेवा कार्यालय पनि अर्घाखाँचीमा तत्कालै स्थापना हुने भएका छन् ।
गएको ५ बर्षदेखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाको मातहतमा रहि सेवा दिदै आएको साईट कार्यालय अर्घाखाँचीमा स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो ।
खानेपानी डिभिजन कार्यलय कपिलवस्तु डिभिजन कार्यलय रुकुम पुर्व र अर्घाखाँची गरि ३ जिल्लामा डिभिजन थपिएका हुन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय अर्घाखाँचीको डिभिजन प्रमुख रामभरोस यादव बनेका छन् ।