डिआरजी सुमन
मैदान, अर्घाखाँची मंगलवार १३ पौस २०७८ (अर्घाखाँचीडट्कम) । पाणिनी गाउँपालिका वडा नं ५ नेटा मा आठ दिने उद्यमसिलता तालिम समापन भएको छ । गरिबीनिवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तर्गत आठ दिने उधमसिलता कार्यक्रम समापन कार्यक्रममा पाणिनि गाँउ पालिका वडानं ५ वडा अध्यक्ष जिवलाल घिमिरेको अध्यक्षता,वडा सदस्य धन बहादुर सिजाली,पाणिनि गाँउ पालिका आर्थिक लेखा परिक्षक रामचन्द्र चुदाली,स्वतन्त्र पत्रकार डिआरजी सुमनको आथित्यता र पाणिनि गाँउ पालिका उद्यम विकास सहजकर्ता दिनेश शर्माको संचालनमाकार्यक्रम सम्पन्न भएको थियो ।
पाणिनी गाँउ पालिका वडा नं ५ साविक मैदान ७,८ र ९ का सहभागी रहेको कार्यक्रमको मुख्य उद्देश्य स्थानीयलाई ब्यबसाय प्रती उत्प्रेरितबनाउनु ,सहभागी हरुलाइ ब्यबसायिक ज्ञान प्रदान गर्नु साथै ब्यबसाय सुरु गराउनु तथा लैङ्गीक समानता तथा सामाजिकसमाबेशिकरण सम्बन्धी जानकारी दिनु रहेको सहजकर्ता शर्माको भनाई थियो ।
पाणिनी गाँउ पालिका वडा ५ नेटाका पोखरामा सम्पन्न कार्यक्रमको संचालन तथा ०८ दिने उधमसिलता तालिम का प्रशिक्षक,उधमबिकास सहजकर्ता श्री दिनेश शर्माले सहि विषयमा सिप लिएर प्रभावकारी काम गर्न सहभागिलाई अनुरोध गर्नु भएको थियो । आठ दिनेकार्यक्रमलाई सहजीकरण रिता चुदालीले गर्नु भयो । नेटाका पोखरामा संचालित तालिमका सहभागी सबै उत्सुकता साथै प्रभावकारीरुपमा उपस्थित रहेको देख्न सकिन्थ्यो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।