अनिल नेपाली
ख्नदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन थालेको छ ।
वार्ड तहमा पुगेर जनतालाई बास्तविक रुपमा स्थानीय सरकारको महशुस गराउनको लागि वार्ड तहमा पुगेर विभिन्न योजनाको सम्झौता गरेको छ । भने बाँकी रहेका विभिन्न योजनाको गाँउपालिकामा आएर योजनाको सम्झौता गर्न सकिने बताउदै विकास निर्माणको काममा अरु पालिको तुलनामा मालारानी गाँउपालिका एकदम बढी रहेको महशुस गराउने उदेश्यले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको योजना अधिकृत नेत्र प्रसाद खनालको भनाई रहेको छ ।
भने योजनालाई पारदर्शि समयमै सक्नका लागि योजनाहरुको निरन्तर रुपमा अनुगमन गरेको प्राविधिक हरिचन्द्र पाण्डेको भनाई रहेको छ ।
योजनाहरु वडा तहमा पुगेर योजनाको सम्झौता गरेर बाँकी रहेका योजनाको गाँउपालिकामा आएर गर्न सकिने कम्युटर अपरेटर पदम आचार्यको भनाई रहेको छ भने गाँउपालिकाले ९ बटै वार्डमा विकास निर्माण निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।