पारस भट्टराई
कहाँबाट कसरी कसले पैसा बनायो
सबैले समय भरि त्यसमा नैं खनायो
नचाहिने हैन पक्कै सबैलाई चाहिन्छ
मिहिनेत नै नगरि त खै कसरी पाईन्छ
उठेदेखि बेलुका सम्म त सकिन्छ हो कति
कसैले पनि भयो भन्दैनन् नि भए नि जति
नाम चाहिँ राख्यो कसले यसको पैसा भनि
गरिब र धनि छुट्याउने त कारण हो यो पनि
पैसै बाट कोही मानिस त भैसके महान
बाड्ने बेला त सबैलाई गरेहुन्थ्यो समान
कहाँबाट गएछ नि सबैलाई आबश्यक पर्न
कोही मानिस थालिसके यसकै निम्ति मर्न
संसारमा नै छैन केही रे पैसा भन्दा नि ठूलो
पैसा कै लोभमा कोही त आफ्नो पद नै भुलो
मानिस पछि परे यसैलाई नै सबथोक ठानि
यसकै कारण परिसक्यो भ्रष्टाचार को बानी
पुगेपछि त भने हुन्थ्यो भयो मलाई त टन्न
सबैको सोच नै छनि त सबैलाई धनि बन्न
पैसा लेखिन्छ सधै सबैमा यसलाई लेख्दा
कागज जस्तै नै देखिन्छ झट्ट यसलाई हेर्दा