अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
बाबु रेणु प्रसाद अधिकारी माता मायादेबी अधिकारी कोखबाट विस २०३८ सालमा पाणिनी गाँउपालिका वार्ड न ७ अड्गुरीमा जन्मनुभएका गुनाखर अधिकारी सानै उमेरदेखि हुने विरुपाको चिल्लो पात भनेझै २०४६ सालमा स्कुले जीवन देखि नै अनेरास्वियको प्रारम्मिक कमिटिको सचिब हुदै राजनितिकमा प्रबेश गरी हाल एमालेको पाणिनी गाँउपालिकाको अधिबेशनबाट सचिबमा निर्बाचित हुनुभएको छ । व्यक्तिगत काम भन्दा सामाजिक काममा रमाउने अधिकारी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्बाचनमा पाणिनी गाँउपालिकामा नेकपा एमालेको तर्फ वडा न ७ को अध्यक्षमा विजय हासिल गर्नुभयो उहाँसँग केन्द्रित रहेर अबको बाटो विकास निर्माण आगामी योजना लगायतका विषयबस्तुमा केन्द्रित रहेर पत्रकार अनिल नेपालीले गरेको कुराकानीको अंश:-
१ तपाई निर्वाचित भएको करिब आज ४ वर्ष पुगिसक्यो पछिल्लो समयमा वडाले गरेको प्रगतिको बारेमा बताइदिनुहुन्छ कि ?
सर्वप्रथम म र मेरो टिम लाइ विजयी वनाउनु हुने सम्पुर्ण वडा वासी दाजुभाइ दिदिवहिनी तथा अग्रज बुबाआमा तथा समाजसेवी व्यक्तित्वहरुमा हार्दिक कृतज्ञता टक्राउन चाहान्छु । विषेश गरि हामी विजयी भै सकेपछी हाम्रो साविकको वडाहरुमा खानेपानी विजुली तथा सडक पुर्वाधारको पहुच पुगेको थिएन । जस अन्तर्गत हामीले सम्पुर्ण वडाका सबै वस्तीहरुलाइ हाम्रा मुख्य सडक सम्म जोड्ने कार्य सम्पन्न गर्यौ र हाल सडक स्तरउन्नतीको प्रकृयामा कृयाकलाप हरु अगाडी वढाइरहेका छौ । खानेपानीको सन्धर्वमा हामिले साविकका ४ वडा वडाहरुमा एक घर एक धारा को अवधारणा अनुरुप सुरक्षित र स्वस्थ पानी वितरण को कार्य सम्पन्न भैसकेको छ र वाकी वडाहरुमा पनी क्रमश तिब्र गतिका साथ कार्य संचालन भैरहेको छ । हामी निर्वाचित हुदाँ अड्गुरीमा सामुदायिक विद्धुतिकरण र सरकारी विद्धुतिकरण को माध्ययम बाट विद्युत काठका पोलहरु मार्फत विद्धुत वितरण भैरहेकोमा हाल सम्पुरण काठका पोलहरु विस्थापित गरि स्टिल पोल बाट सुरक्षित र भरपर्दो विद्धुत सेवा पुर्याइरहेका छौ । सामुदायिक विद्धुतिकरण को पनी प्रशारण लाइन अत्यन्त जोखिमपुरण भएकोमा हाल उक्त प्रसारण लाइन पनी पुर्ण रुपमा सुरक्षित र भरपर्दो बनाएका छौ ।
स्वास्थ क्षेत्रको सम्बन्धमा कच्ची घर बाट स्वास्थ्य चौकीले सेवा प्रदान गरिरहेको सन्धर्वमा स्वास्थ चौकीको सुविधा सम्पन्न पक्की घर निर्माण गरि सेवा प्रदान गरिरहेका छौ जसबाट आगामी दिनमा २४ सै घण्टा प्रसुती सेवा प्रदान गर्ने पनी लक्ष्य रहेको छ । साथै यस वडाको झन्द्रेक मा सामुदायिक स्ववास्थ क्लिनक सेवा प्रदान गर्न नया भवन बनाइ सेवा प्रदान भैरहेको छ । असुरक्षित रुपमा बसोवास गरिरहेका हाम्रा अधिकाम्श घर वस्ती हरुलाइ टिनको छानो यक्त घर निर्माण कार्यक्रम मार्फत जस्तापाता वितरण कार्य र सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर पुर्निर्माण कार्य समेत गरि नागरिक स्तरमा सरकारको पहुच तथा हरेक क्षेत्रबाट जनताको जिवनस्तर उकास्ने कार्यमा म र मेरो टिम अग्र पंङ्गिमा रहि कार्य संचालन भैरहेको छ । दरवन्दी कम भएका विद्यालयमा हरुमा अनुदान रकम को व्यवस्था गरि शिक्षक व्यकवस्थापनको कार्य भैरहेको छ । विद्यालयका अत्यन्त जिर्ण भवनहरुको पुनर्निर्माण र मर्मत जस्ता कृयाकलाप सफा र सुविधा सम्पन्न शैचालय र माध्यमिक विद्यालय हरुमा कम्प्युटर प्रयोगशाल र विज्ञान प्रयोगशाला समेत स्थापना भै विद्यार्थिको शिकाइ अनुभव गुणस्तरी भएको छ । कृषिमा प्रविधी मैत्री समाग्रीहरु हाते ट्याक्टर च्यफ कटर ब्रस कटर जस्ता सामाग्रीहरुको वितरण बाट कृषि क्षेत्रको उत्पादन लागत घटी कृषक हरुले नाफ आर्जन गर्ने परिस्थिती सृजना भएको छ साथै उत्पादनमा आधारी अनुदान युवा लक्षित कृषि कार्यक्रम मार्फत स्वरोजगारी सृजना गर्ने तर्फ पनी उत्तिकै दृढताका साथ कृयाकलाप सम्पन्न भएका छन् ।
२) निर्वाचनका बेला जनतामा गरेका प्रतिबद्धता के के थिए ? प्रतिबद्धा अनुसार कार्यान्वयनको अबस्था कस्तो छ ?
निर्वाचनका वेला जनताहरुमा गरिएका प्रतिब्दधता हरु समित साधन र रकम लाइ सहु सदुपयोग गर्दै अधिकाम्श प्रतिब्दधता हरु पुरा गरिएको छ । जस्तै एक घर एक धारा को कार्य सम्पन्न हुन थप १ वर्षमा पुरा हुनेछ । कोभिड महामारी को कारण ले केही पुर्वाधार निर्माण र सडक स्तर उन्नतीको क्षेत्रमा प्रयाप्त बजेट व्यवस्था नहुदा योजना निर्माण कार्य प्रभावित हुन पुग्यो जसको सोधभर्ना हुन थप केहि समय लाग्ने देखिन्छ ।
३) काम गर्दा नितिगत समस्या के कति आइपरे ?
नितिगत समस्या हरु त थुप्रै आइपरेका छन् जसको स्थानिय सरकाको अधिकार क्षेत्र भएका कतिपय विषयवस्तु हरु पनी संघिय सरकाकै निर्देशनमा कार्य गर्नु पर्ने संघीय सरकार ले बनाएका ऐन नियम र स्थानिय सरकार ले बनाएका ऐन नियम हरु बाझिएको कारण आइपर्ने समस्या र संघिय संरचना नपालकै लागी नया भएकोले कार्यान्वयनमा केहि द्वविधा भएको भएतापनी सिमित श्रोत र साधनको भरपुर उपयोग गर्नमा हामि कहि चुकेका भने छैनौ । संगसैगै निति निर्माण ऐन निर्माण को कार्यमा विज्ञ जनसक्तिको अभाव भएको कारण कतिपय अप्ठ्यारा हरु भने आइपरेका छन् जसको समाधान अन्य स्थानिय तह संगको समन्वयमा सम्पादन गरियो ।
४) निर्वाचनका बेलामा मैले जिते भने यस्तोे काम गर्छु भन्ने मनस्थिति थियो होला निर्वाचित हुनुभयो समग्र वडाबासीको लागि तपाईले अहिलेसम्म गरेको उल्लेखनीय काम के हो ?
हाम्रो अड्गुरी राम्रो अड्गुरी बनाउने दृढ इच्यासक्तका साथ पदधार ग्रहण गरे पश्चात विभिन्न क्षेत्र र मेरो व्यक्तिगत पहलमै कतिपय मन्त्रालय र उच्च निकायहरु संगको समन्वयमा गै आवश्यक योजना तथा रकम माग गरि थुप्रै योजना हरु पाणिनी ७ मा भित्राउन कहि कसुर बाकी राखिएन । देश संघिय संरचना मा गै सकेपछी पहिलो निर्वाचित वडा अध्यक्षको हैसियतले भन्नुपर्दा विभिन्न नितिगत र प्राविधिक समस्याका वाजबुत पनी गत ४ वर्षमा पाणिनी ७ लाइ दिगो पुर्वाधार विकास र स्वरोजगारी सृजना गरि समृद्ध नेपाल सुखी नेपाली को मुल मर्म लाइ टेवा दिन सकियोकी भन्ने लाग्छ जसको म
६) तपाईले बडाबासीलाई राहत हुनेगरी उद्योग कृषि प्रविधि र पशुपालन लाई प्रोत्साहन गर्ने गरि के निति बनाउनुभयो
उत्पादन मा आधारीत अनुदान कृषि तथा दुग्ध जन्य युवा लक्षित कृषि तथा पशुपालन कार्यक्रम सुद्ध बोयर वोका को श्रोत केन्द्र स्थापना जस्ता कार्य संचालन गरि स्वरोजगारी श्रृजना र गरिवी निवारण मा टेवा पुगेको छ । कृषिमा आधुनिकिकरणको लागी विभिन्न प्रविधी मैत्री समाग्री हस्तान्तरण विभिन्न शिपमुलक तालिम संचालन कृषिमा पकेट वल्क निर्माण गरि अभियानमुखी वाली उत्पादन कृयाकलाप मार्फत विभिन्न योजनाहरु संचालन गरिएको छ जसबाट ग्रामीण रोजगारी श्रृजना भएको अनुभव मैले पाएको छु ।
७) वडाबासीले सिंहदरबारको अधिकार दैलोमा आएको महशुस गर्न पाएका छन् कि छैनन्
सिंहदरवारको अधिकार घर दैलोमा आएको महसुस मैले गरेको छु कसरि भने विगतमा समान्य योजना माग गर्न जि वि स वा मन्त्रालय मै धाउनु पर्नेमा हाल स्थानिय तह वाटै विकास निर्माणका योजना निर्माण र कार्यान्वयन हुने गरेका छन् । जसबाट विकासको प्रत्यक्ष अनुभुती जनताले स्थानिय तह बाट गरेका छन् । निर्वाचित जनप्रतिनीधी हरुले जनताका गुनासा हरु योजना कार्यान्वयन गर्ने कर्मचारी र निती निर्माण गर्ने तह सम्म पुर्याएर प्रभावकारी योजना निर्माण र संचालन भएका छन् । समाजमा देखिने समान्य झै झगदा देखी वृहतर योजना निर्माण र कार्यान्वयन को पक्षमा आमा नागरिकको समान्य पहुचमा पुगेको स्थानिय तह सिंहदरवारकै रुपमा अभिभावकत्व ग्रहण गरेको छ ।
८ फरक राजनिति दललाई कसरी व्यबस्थापन गर्नुभएको छ कम थोरै मत हुनेलाई पेलेरै जाने नितिमा हुनुहुन्छ कि व्यबस्थापन गर्नेमा ?
हरेक समाजमा भएका फरक विचार राख्ने मत बाट नै बहुदलिय व्यवस्था सफल भएको मानिन्छ यस वडामा पनी फरक मत राख्ने विचारको सम्मान र समन्वयन गर्दै अगाडि बढिएको छ । स्मरण रहोस पाणिनी गाउँपालिका मा हालसम्म कुनै पनी निर्णय बहुमतका आधारमा गरिएको छैन ।
९ रोजगारीकोे शिलशिलामा गाँउघरमा मानिसहरु अशिक्षित गरिबीको कारणले विदेशीन बाध्य छन् । त्यसका लागि तपाईले के योजना बनाउँदै हुनुहुन्छ ?
स्वरोजगारी सृजना गर्ने सन्धर्वमा पाणिनी गाउँपालिका र यस वडाले हालसम्म भिनिन्न नितिगत तथा योजना निर्माण गरेको छ जसबाट उल्लेखनीय कार्य भैएको छ तथापी पर्याप्त भने भएको छैन जसका लागी कृषि पर्यटन र साना तथा मझौला उद्योग साथै शिप विकास को क्षेत्रमा थप निती निर्माण गरी साना तथा मझौला किसान व्यवसायी उद्यौगी हरुलाइ टेवा पुर्याउने लक्षका साथ योजना निर्माण गरिनेछ ।
१०) तपाईलाई बाहिर अन्य मानिसहरुले बढी जनताका काममा सक्रियताका साथ लागिरहन्छ भन्ने सुनिन्छ तपाईको कार्यकालमा वडा बासीले के के कुराहरुको विकास भएको देख्न सक्दछन् ?
पाणिनी ७ को वडाअध्यक्षको हैसियतमा म जनताको घर दैलोमै पुगी सेवा प्रदान गर्ने कार्यमा पछी परेको छैन । विकासका पुर्वाधार हरु खानेपानी सडक सिंचाइ शिक्षा स्वास्थ्य जस्ता विविध क्षेत्रमा भएको प्रगती नै आजको अड्गुरीको पहिचान हो ।
१२) अन्त्यमा के भन्न चाहान्नुहुन्छ ?
पाणिनी ७ लाइ ४ वर्ष अगीको अवस्था बाट सामाजिक राजनैतिक आर्थिक र पुर्वाधार विकासको हालको अवस्था सम्म ल्याउनका लागी सहयोग पुर्याउने सम्पुर्णमा आभार व्यक्त गर्दछु साथै जुनसुकै राजनितिक पृष्ठभुमी बाट आएको भएतापनी समृद्ध अड्गुरी निर्माण कार्य मा सहि पृष्ठपोषण र सेवा सल्लाहको अपेक्षा गर्दै पुन आभार टक्राउन चाहान्छु ।