डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) विहिवार १५ पौस २०७८,। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ४ पटौटी पातलाचौरमा आठ दिने उधमसिलता तालिम उद्घाटन भएको छ।
गरिबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम अन्तर्गत आठ दिने उधमसिलता तालिम उद्घाटन पाणिनि गाँउ पालिका पालिकावडा नं ४ वडा सदस्य राधिका घिमिरेले गर्नु भएको थियो । पाणिनि गाँउ पालिका ४ वडा सदस्य राधिका घिमिरेको अध्यक्षता,स्वतन्त्रपत्रकार डिआरजी सुमनको आथित्यता रहेको कार्यक्रममा स्थानीय कृषि उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
उद्यमशिलता तालिमका सहभागीहरुलाई ब्यबसाय प्रती उत्प्रेरित बनाउनु,सहभागी हरुलाइ ब्यबसायिक ज्ञान प्रदान गर्नु साथै ब्यबसायसुरु तथा लैङ्गीक समानता तथा सामाजिक समाबेशिकरण सम्बन्धी जानकारी अर्थात प्रस्ट पार्नु लगायतका उद्देश्यले संचालितकार्यक्रमको संचालन आठदिने उधमसिलता तालिमका मुख्य प्रशिक्षक,उधम बिकास सहजकर्ता डम्बर डागी ले गर्नु भयो ।
पाणिनी गाँउ पालिका ४ पटौटी पात्ला चौरमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उधम बिकास सहजकर्ता दिनेश शर्माले दिनुभएकोथियो । पाणिनि गाँउ पालिका ४ पटौटीमा उद्घाटित कार्यक्रममा ओजेटि विद्यार्थी रिता चुदाली, सरस्वती नेपाली, सुनिता रावतले सहजीकरण गर्नु भएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।