माधव बेल्वासे
अडगुरी, अर्घाखाँची । अड्गुरीको श्री जनसेवा माध्यमिक विद्यालय पाणिनी गाँउपालिका वार्ड न. ७ अड्गुरीका निवर्तमान प्रधानाध्यापक प्रेमनारायण बेल्वासेलाई आज एक कार्यक्रमका विच सम्मान तथा विदाई गरिएको छ ।
विद्यालयले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि बेल्वासेलाई विदाई तथा सम्मान गरेको छ । २०५१ साल देखि विद्यालयको प्रधानाध्यापकको जिम्वेवारि सम्हाल्दै आउनुभएका बेल्वासेले विद्यालयमा अतुलनिय योगदान पुर्याउनु भएको भन्दै विद्यालयले उहाँलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर अभिनन्दन गर्दै विदाई गरेको हो ।
करिब तिन दशक लामो शिक्षण अनुभव र प्रशासकिय जिम्मेवारि सम्हालेका बेलवासेले गत मंसिर १ गते स्वऐच्छिक अबकास लिनुभएको थियो । कार्यक्रम विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नि.वर्तमान प्रधानाध्यापक बेल्वासे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमा आफ्ना अनुभवहरु बताउदैँ सेवानिवृत प्र.अ. बेल्वासेले आफ्नो एक्लो प्रयासले मात्र विद्यालयको अवस्था आजको दिनमा नआएको भन्दै सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद ब्यात्त गर्नुभएको छ । यस्तै कार्यक्रमा बोल्दै विद्यालय ब्यावस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद बेल्वासेले सेवानिवृत प्र.अ. बेलवासेसँग ५ वर्ष काम गर्दाको अनुभवमा उहाँ हरदम विद्यालयका लागि लागिरहने पत्रको रुपमा आफुले बुझेको भन्दै भावि दिनमा पनि फरक ढंगले विद्यालयको सेवामा लाग्ने विश्वास ब्यात्त गर्नुभयो ।
यस्तै विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले सेवानिवृत प्र.अ. प्रेम नारायण बेल्वासेको योदानको मुल्यांकन सधैव हुने भन्दै उहाँकै मार्गदर्शनमा अभाव महशुष नहुने गरि सबैको सहकार्यमा आगामि योजना निर्माण गरेर अगाडि बढ्ने बताउनुभएको हो ।कार्यक्रममा बोल्दै विद्यालय ब्यावस्थापन समिति सदस्य तथा जनप्रतिनिधि नविन कुमार टण्डनले सल्लिपिरलले छाएको छानोबाट शुरु भएको विद्यालयलाई आजको अवस्थासम्म ल्याई पुर्याउन नि. बर्तमान प्र.अ. बेल्वासेको अतुलनिय योगदान रहेको भन्दै मुत्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
पुर्व अध्यक्ष तथा विद्यालय ब्यावस्थापन समिति सदस्य शेषराज पौडेलले सेवानिवृत प्र.अ. बेलवासेको बाँकि जिवन सुखमय होस भन्दै कामना गर्नुभएको छ । कार्यक्रममा शिक्षक अभिभावक सँघका अध्यक्ष मित्रदेव घिमिरे , शिक्षक इमान बहादुर टण्डन , छात्र बिशाल परियार लगायतले सेवानिवृत प्र.अ. बेलवासेको भावि जिवन सुखमय होस भनि कामना गर्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०७५ देखि २०७७ सम्म उत्तकृष्ठ जि.पि.ए. सहित एस.इं.इ. उत्तीर्ण गर्ने छात्र छात्राहरु प्रतिक्षा बेल्वासे, दिवश टण्डन , शुर्दसन बञ्जाडे,रितिका घिमिरे,दिप्शन भुषाल ,पुजा घिमिरे र अमृता घिमिरेलाई हिमकला अक्षयकोष अन्तरगतको पुरस्कार पनि प्रदान गरिएको छ । यस्तै प्रथम त्रैमासिक परिक्षामा उत्तकृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ ।