अर्घाखाँची शोकमा | पाल्पा बस दुर्घट्नामा परी अर्घाखाँचीका ४ जनाको निधन, ८ जना घाइते (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
पाल्पा (अर्घाखाँचीडट्कम) । पाल्पामा बस दुर्घट्ना हुँदा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ का  ४ जनाको निधन भएको छ । 
पाल्पाको रिब्दीकोट २ मा आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा मालारानी- २ मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको निधन भएको हो । यस्तै अन्य ३ जनाको घटनामा निधन भएको छ ।  ज्यान गुमाउने सबैको सनाखत भएको छ ।

यस्तै दुर्घटनामा पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ क्रमश:-  ३७ वर्षीय रमेश टोहटो, ३९ वर्षीय तुल्सीराम विक, २२ वर्षिय दिपक विक ३५ वर्षीय लक्ष्मण  टोहटो, २७ वर्षीय बिष्णु विक  घाइते भएका छन् । घाइते मध्ये रमेश टोहटो, तुल्सीराम विक र दिपक विकको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।  

बुटवलबाट मरेङ कुभिण्डेका बीरबहादुर टमाटा (विक) को शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भइ ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट   विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो । सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई स्थानीयवासी र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो । 

उता घटनापछि अर्घाखाँची शोकमा डुबेको छ । 
 

अन्य समाचारहरु