पाणिनीको दुर्गाफाँटमा भोलि हुने कांग्रेसको कार्यकर्ता भेला तयारी पुरा, गगन थापा हेलिकप्टरमा आउँदै


डिआरजी सुमन 
दुर्गाफाँट, आईतवार, १८ पौस २०७८ (अर्घाखाँचीडट्कम) । पाणिनी गाँउपालिकामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने भएपछि दुर्गाफाँटमा रमझम वढेको छ । 
नेपाली कांग्रेस पाणिनी गाँउपालिका सभापति तुल्सीराम पौडेल,उपसभापतिखगेश्वर पौडेल लगायतका पदाधिकारी दुर्गाफाँटमा कार्यक्रमको तयारीमाजुटेको नेपाल तरुण दल पाणिनि गाँउ पालिका संयोजक लक्ष्मण पाण्डेलेजानकारी गराउनु भएको छ ।
पाणिनी गाँउपालिकाको केन्द्र दुर्गाफाँटमा दुईवटा स्वागत गेट वनाउने कामसम्पन्न भईसकेको छ । पाणिनी गाँउपालिकाको केन्द्र दुर्गाफाँटमा सोमवारआयोजना हुने वृहत आमसभा कार्यक्रमको लागी मन्च व्यवस्थापनको अन्तिमतयारीमा पुगेको आयोजकले जनाएको छ । वृहत आमसभा कार्यक्रम सोमवारविहान १० वजे उद्घाटन समारोह हुने पालिका सभापति तुल्सीराम पौडेललेवताउनु भएको छ ।
पाणिनी गाँउपालिकाको दुर्गाफाँटमा नेपाल कांग्रेस महामंत्री गगन थापा,नेपालीकांग्रेस प्रमुख सचेतक पुस्पा भूसाल, केन्द्रीय सदस्य संजयकुमार गौतम सोमवारविहान हेलीकाप्टर मार्फ़त दुर्गाफाँटमा पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस पाणिनी गाँउपालिका सभापति तुल्सीराम पौडेलले अर्घाखाँची डटकम व्युरोप्रमुख डिआरजी सुमनसँगको अन्तरवार्तामा वताउनु भएको छ । – तस्वीरडिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु