अर्घाखाँची एमाले जिल्ला इन्चार्ज खड्का र अध्यक्ष आचार्यद्वारा पाल्पा बस दुर्घट्ना प्रति चिन्ता व्यक्त


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँचीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल,अध्यक्ष चेतनारायण आचार्यले पाल्पामा भएको बस दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
मृतकको अन्त्यष्टिको निम्ति बुटवल बाट रिडी आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा अर्घाखाँची मालारानी गाउँपालिका वाडनम्वर २ का ३ जनाकाे दुखद निधन भएकाे प्रति गहिरो दुख व्यत्त गर्नुभएकाे छ । साथै अन्य मृतक प्रति समेत गहिराे दुख व्यत्त गर्नुभएकाे छ ।
 दुर्घटनामा ८ जनाको मृत्युु हुनुका साथै १३ जना व्यक्ति घाइते भएको भन्दै उहाँले मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 
मृतकहरु लाई क्षतिपूर्ति दिनुका साथै घाइतेहरुको सुबिधा सम्पन्न अस्पतालमा नि:शुल्क औसधि उपचारको व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण समेत  गराउनुभएकाे छ । घट्नाको सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता खालको  दुर्घटना हुन नदिन सबै सचेत हुनुपर्ने समेत बताउनुभयो ।
पाल्पाको रिब्दीकोट २ मा आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा मालारानी- २ का २८ वर्षीय भाजेन्द्र विक, ३६ वर्षिय मोहन कुवर र  २६ वर्षीय शङ्कर विकको निधन भएको हो । यस्तै अन्य ४ जनाको घटनामा निधन भएको छ । 
यस्तै दुर्घटनामा पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ क्रमश:-  ३७ वर्षीय रमेश टोहटो, ३९ वर्षीय तुल्सीराम विक, २२ वर्षिय दिपक विक, ४० वर्षीय अर्जुन रसाईली, ३५ वर्षीय लक्ष्मण  टोहटो, २७ वर्षीय बिष्णु विक  घाइते भएका छन् । घाइते मध्ये रमेश टोहटो, तुल्सीराम विक र दिपक विकको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।  
मृतकको शव बसले च्यापिएको बताइएको छ । वुटवलको बेलबासबाट पाल्पाको रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका थिए । सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
उता घटनापछि अर्घाखाँची शोकमा डुबेको छ । 

अन्य समाचारहरु