अर्घाखाँचीमा नागरिकता लिने सेवाग्राहीको चाप बढ्यो (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नागरिकता लिने बढेका छन् । 
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको चाप बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज आईतवार विहान १० बजेदेखि साँझ ६.३० बजेसम्म नयाँ ११८ र प्रतिलिपी ३४ गरि  जम्मा १५२ जनाले नागरिकता लिएका छन् ।
जिल्लामा मतदाता नामावलीमा नाम समावेश गराउन लगायतका कार्यका लागि सेवाग्राहीको चाप बढेको बताइएको छ । 
फोटो: बसन्त श्रेष्ठ 

अन्य समाचारहरु