डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित तथा नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी गाैतम नेपाली कांग्रेसमा प्रबेश गर्नु भएको छ ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा गरेकोे बृहत् आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उहाँ लगायत करिब २ सय जनालाई नेपाली कांग्रेसमा प्रबेश गराउनु भएको हाे ।
नेकपा एमाले , नेकपा माओवादी लगायतका करिब २ सय जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
एमालेबाट निर्वाचित गाैतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।