मालारानी गाउँपालिका – २ का ४ जनाको निधन भएको शोकमा वार्ड कार्यालय बन्द


अर्घाखाँचीडट्कम संवाददाता 
मरेङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाल्पामा बस दुर्घट्ना हुँदा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ का  ४ जनाको निधन भएको शोकमा वार्ड कार्यालय बन्द भएको छ । 
मालारानी गाउँपालिका वार्ड नम्बर २ कार्यालयले एक सुचना जारी गरी पाल्पामा भएको बस दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै तथा मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण शोकमा आज सोमवार वार्ड कार्यालय बन्द गरिएको हो ।  
पाल्पाको रिब्दीकोट २ मा हिजो आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा मालारानी- २ मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको निधन भएको हो । यस्तै अन्य ३ जनाको घटनामा निधन भएको थियो ।  
यस्तै दुर्घटनामा पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ क्रमश:-  ३७ वर्षीय रमेश टोहटो, ३९ वर्षीय तुल्सीराम विक, २२ वर्षिय दिपक विक ३५ वर्षीय लक्ष्मण  टोहटो, २७ वर्षीय बिष्णु विक  घाइते भएका छन् । घाइते मध्ये रमेश टोहटो, तुल्सीराम विक र दिपक विकको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।  
बुटवलबाट मरेङ कुभिण्डेका बीरबहादुर टमाटा (विक) को शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भइ ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट   विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो । सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
ओरालो घुम्तीमा   चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई स्थानीयवासी र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।