खाँचीकोटको साना किसान कृषि सहकारीद्धारा आलुको बिउ वितरण (तस्बिरहरु)


 अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आलुको बिउ वितरण शुरु गरेको छ । 
खाँचीकोटको फुदवाङमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यलाई आलुको बिउ वितरण शुरु गरेको हो ।
सदस्य तथा किसानहरुले रातो काडिनल  आलु प्रती किलो रु १२, साथै टिपियस जातको पहिलो पुस्ता रु. १२० र कमिलो र ढुसि नासक बिषाधी समेत सहुलियत दरमा वितरण गरिएको छ ।  
उता आलुको बिउ वितरण गर्दा कृषि मन्त्रालयले ५० प्रतिशत अनुदान दिएका गाडीहरु बाहिर ठेक्कामा दिएको र आफ्ना सदस्यलाई उपयोगबाट बन्चित गरिएको गुनासो गरिएको छ ।  
उनिहरुले पोहोर साल अदुवा र बेसार गाडीमा हालेर गाउँ गाउँमा लगिएपनि यस पटक त्यो नगरिएको भन्दै गुनासो गरेका हुन् ।  
   

अन्य समाचारहरु