दुर्गाफाँटमा कांग्रेसको वृहत् आमसभा सम्पन्न | पाणिनी गाउँपालिका उपाध्यक्ष गाैतमसहित ४७५ जना कांग्रेसमा प्रवेश (भिडियो र फोटो सहित)


डिआरजी सुमन | अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गाफाँटमा आज सोमवार कांग्रेस पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन् । गुट र समुहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अँगाडी बढाउन आफु कम्मर कसेर लाग्ने उनले बताए । उनले पाटी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पार्टीलाई चलाउने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले नेपाली कांग्रेसले रोजगारीका माध्यबाट गरिबीमा रहेको वर्गलाई कसरी उकास्ने तथा बेराजगारीलाई कसरी कम गर्ने भन्ने दिशामा अगाडी बढ्ने बताए । ‘कांग्रेस पार्टी अब अलमलिने होईन । खाडीमा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा लाग्ने हो, उनले भने,‘कांग्रेसको अबको रणनीति, ध्येय त्यही हुनेछ ।’
महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले स्थानीयतहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको तयारीमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले एमालेको आचरणका कारण देशले ठुलो मुल्य चुकाउनु परेको बताईन् । जनताको बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसले जस्तोसुकै परिस्थितीको सामना गर्ने भन्दै नेतृ भुसालले केपी ओलीका कारण देश दुर्घटनामा फस्ने खतरा बढेको बताईन् ।
यस्तै कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा गरेकोे बृहत् आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादीका ४ सय ७५ जनालाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन्  ।
दुर्गाफाँटमा भएको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका सयाै‌ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेबाट निर्वाचित गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी छिन् ।
आमसभालाई कांग्रेस केन्द्रिय सदस्य संजय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम कांग्रेस पाणिनीका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादव प्रसाद घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु