पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गाैतम यस कारण कांग्रेसमा प्रवेश गरिन्


अर्घाखाँचीडट्कम संवाददाता 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी गाैतम नेपाली कांग्रेसमा प्रवेश गरेपछि यति बेला गाउँका चोक चोकमा विभिन्न चर्चा भईरहेको छ । 
गाैतम प्रवेश गर्नुको कारण कांग्रेसले पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा पुन: टिकट दिने बाहेक अहिलेसम्म अरु खुल्न सकेको छैन् । 
नेपाली कांग्रेस जिल्ला समितीका एक नव निर्वाचित सदस्यले डट्कमलाई भने; “लक्ष्मी ज्युलाई पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा पुन: टिकट दिने सहमती भएको छ, अध्यक्ष पदमा अच्युत गौतम।”   
स्रोतका अनुसार गाैतम र कांग्रेसका जिल्ला, केन्द्रिय तहका नेताहरु बीच पौष १२ गते अगाडि नै गोप्य सहमती भएको थियो । भने नवनिर्वाचित महामन्त्री गगन थापालाई दुर्गाफाँटमा बोलाएर कार्यक्रम गर्ने योजना पौष १४ गते बुधवार सार्वजनिक गरिएको थियो । तर गाैतमलाई प्रवेश गराउने योजना भने हिजो बिहान बृहत् आमसभासम्म गोप्य राखिएको थियो ।  
गाैतमले पार्टी छोड्ने र कांग्रेसमा प्रवेश गर्ने हप्ता १० दिन अगाडि निर्णय लिए पनि सोको बारेमा एकीकृत समाजवादीका नेताहरुलाई कुनै जानकारी गराइएकी थिईनन् ।
उता कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले पनि कांग्रेसमा आउने सहमतिपछि गत शनिवार पहिलो पटक उपाध्यक्ष गौतमलाई जन्म दिनको शुभकामना पनि दिएकी थिईन् । भुसालले यसअगाडि कहिले पनि जन्मदिनको शुभकामना दिने गरेकी थिईन् । भने भुसाल र गौतम बीच यसअगाडि खासै कुराकानी हुने थिएन् ।”
कांग्रेस जिल्ला समितीका अर्का नव निर्वाचित सदस्यले भने; “जिल्ला, प्रदेश सदस्य अरु-अरु पद भन्दा पनि लक्ष्मी ज्युको लागि एकीकृत समाजवादी पार्टीमा बसेर पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा टिकट पाउने नपाउने र पाए जित्ने नजित्ने कुनै शुरक्षित थिएन्, कांग्रेसमा आएपछि गठबन्धन रहे पनि नरहे पनि उपाध्यक्ष पदको टिकट सुरक्षित छ। त्यो हुनाले  उहाँले आँफै नै कांग्रेसमा प्रवेश गर्ने ईच्छा केही समयदेखि रहेको देखियो, सोही अनुसार हाम्रो पार्टीमा आउनुभएको हो ।”
जुझारु एमाले नेता भनेर चिनिने स्वर्गीय गणेश गौतमले पार्टीलाई गरेको त्याग समर्पणलाई सम्मान गर्ने भन्दै उनिकी श्रीमती लक्ष्मी गाैतमलाई २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा एमालेले उपाध्यक्ष पदमा उठाएको थियो । शिक्षिकाबाट पेन्सन निस्किर २०७४ सालको स्थानीय निर्वाचन लडेकी गौतमले नेकपा एमाले विभाजनपछि गत भाद्र महिनामा एकीकृत समाजवादी पार्टीमा  सनाखत गरेकी थिईन् ।    
२०७४ सालमा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि उपाध्यक्ष पदमा विजय भएकी थिईन् ।  र नेकाकी अम्विका पोख्रेलले ५४१२  मत प्राप्त चुनाव हरेकी थिईन् । यस्तै  कांग्रेसका अच्युत गौतमले ५९७७ मत लिएर पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । भने एमालेका जिवनारायण कोईरालाले ५४८५ मत प्राप्त चुनाव हारेका थिए ।   
दुर्गाफाँटको कार्यक्रम स्थल 

अन्य समाचारहरु