प्रकाश प्युठानी
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका स्तरीय पारिवारिक निजि वन संघ नेपालको कार्यसमिती गठन भएको छ ।
पारिबारिक निजि वन संघ नेपाल अर्घाखाँचीको आयोजनामा पाणिनी गाँउपालिका स्तरीय पारिवारिक निजि वन संघ नेपालको कार्यसमिती गठन भएको हो ।
पर्सुराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती पाणिनी गाँउपालिका वडा न. ७ का वडा अध्यक्ष अध्यक्ष गुनाखर अधिकारि रहनुभएको थियो । पारिबारिक निजि वन सँघ अर्घाखाँचीका अध्यक्ष खिमानन्द खनाल, सचीव भरत साह, पाणिनी गाँउपालिकाका कृषि प्राबिधिक केशव मरासिनी लगायत पाणिनी गाउपालिका का ८ मध्ये ७ वटा वडाका प्रतिनिधिमुलक उपभोत्ताको उपसस्थिती रहेको थियो। कार्यक्रमको संचालक प्रकाश प्युठानिले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै पारिबारिक निजि वन सँघका अध्यक्ष खनालले यो कार्यक्रम ६२ वटा जिल्लामा सुरु भैसकेको बताउदै खनालले निजि वन के हो यसको उद्येश्य र फाइदामा बक्तिगत खर खर्यानमा अनावश्यक झाडीहरु लाई हटाइ एक पटक लागाएको बिरुवा जस्ले वर्षौ सम्म उत्पादन मुलक बनाउन पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अथिती तथा पाणिनी गाँउपालिका वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारीले पालिका तथा वडाबाट हुने हर सम्भावनामा पुर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यात्त गर्नुभएको छ। कार्यक्रममा पाणिनी ७ का कृषि प्राबिधिक केशव मरासिनीले कस्तो बिरुवा कुन ठाउमा लगाउदा उपयुत्त हुन्छ, उत्पादन मुलक हुन्छ भन्ने कुरामा प्रकाश पार्नु भएको थियो।
आजको कार्यक्रममा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।निर्बाचित अध्यक्षमा पाणिनी ३ खिदिमका खुम सुर्यबम्शी मगर रहनुभएको छ । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मिरा क्षेत्री,सचिव बिमल अर्याल,सह सचिव केशव श्रेष्ठ,कोषध्यक्ष कमला घिमिरे लगायत रहनुभएको छ ।