डिआरजी सुमन
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पणेनाको सरस्वती माविमा वावुराम घिमिरेको जन्मदिनमा डिआरजी सुमनद्धारा शैक्षिक सामग्री हस्तान्तरण भएको छ ।
अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वार्ड नं ०१ मा रहेको सरस्वती मावि का पाँच जना विद्यार्थी लाई कापी , पेन , पेन्सिल हस्ताक्षर गरिएको छ । तारा श्रेष्ठ कक्षा १०,तुल वहादुर रोकाह कक्षा १०,अस्मिता भट्टराई कक्षा ७,यादव भट्टराई कक्षा ४ रकुसुम सारु कक्षा ३ का विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
पाणिनि गाँउ पालिका ५ मैदान मा जन्मिएका वावुराम घिमिरेको ३८ औ जन्मदिन मनाउने क्रममा आजै भारतको विभिन्न आश्रममा पनिखाद्यान्न वितरण गरेको जानकारी प्राप्त भएको छ । मानवीयता निस्पक्षता र पत्रकार मुल सिद्धान्त लिएर स्थापित डिआरजी सुमन फ़ैन्सकल्व नेपाल ले देश विदेशमा रहेका आफ्ना सदस्य लाई जन्मदिन मनाउदा अनिवार्य रुपमा विपन्न विद्यार्थी लाई शैक्षिक सामग्री वितरणगर्ने योजना वनाएको डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का अध्यक्ष चिरन खड्का ले वताउनु भएको छ ।
डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का उपाध्यक्ष गोपाल भट्टराई र सचिव नेत्र नेपालीको वावुराम घिमिरेलाई जन्मदिनको शुभकामनाव्याक्त गर्नु भएको छ । पाणिनि गाँउ पालिका १ को सरस्वती मावी मा आयोजित कार्यक्रममा मन्तव्य राख्दै डिआरजी सुमन फ़ैन्स कल्वसचिवालय सदस्य चन्द्रमणी भट्टराई ले सरस्वती माविका विद्यार्थीको विवरण उपलब्ध गराएकोमा विद्यालयका प्रधानाध्यापक गेहेन्द्रभट्टराईलाई धन्यवाद ज्ञापन गर्दै वावुराम घिमिरेलाई जन्मदिन को शुभकामना दिनु भएको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सहजीकरण गर्दै विद्यालयका प्रधानाध्यापक गेहेन्द्र भट्टराईले वास्तविक विपन्न रजेहेन्दार विद्यार्थी छनौट गरीएको वनाउदै डिआरजी सुमन फ़ैन्स कल्व परिवार र जन्मदिन पर्ने वावुराम घिमिरेले सराहनीय काम गरेको वताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।