अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री तथा नेता रेवती प्रसाद भुसाललाई बोल्न बन्चित गरिएको छ ।
दुर्गाफाँटमा सोमवार कांग्रेस पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभामा आमन्त्रण गरिएका पुर्व मन्त्री तथा नेता रेवती प्रसाद भुसाललाई बोल्न बन्चित गरिएको हो ।
उपस्थित प्राय नेताहरुलाई सम्बोधन गरेता पनि भुसाललाई भने मन्चमा आमन्त्रण गरिएता पनि बोल्न समय दिईएको थिएनन् । नेता रेवती प्रसाद भुसालले आफुलाई आमसभामा बोलाएर बोल्न नदिएको भनि सामाजिक संजालमा गुनासो गरेका छन्। उनले लेखेका छन्; बिक्रम सम्बत २०७८ पौष १९ को आमसभामा पाणिनी गाउपालिका सभापती श्री तुलसी पौडेलले मलाइ आमन्त्रण गर्नु भएको थियो।सभा मार्फत केही समसामयिक कुरा तपाँइहरु संग साझा गर्ने इच्छाले उपस्थित भएको पनी थिएँ।तर त्यो सभामा बिचार राख्न सक्ने मेरो योग्यताको कमीको कारण मैले सम्बोधन गर्ने सौभाग्य पाउन असमर्थ भएँ।तपाँइहरु संग साक्षातकार गर्न नपाएकोमा म क्षमा चाहन्छु।अर्घाखाँचीबासीहरु मलाइ माफ गर्नु होला।”
उता २,२ पटक सांसद भएका पुर्व मन्त्री रेवती प्रसाद भुसाललाई बोल्न बन्चित गरिएको भन्दै सामाजिक संजालमा आयोजकको व्यापक आलोचना गरिएको छ ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापा, कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल, केन्द्रिय सदस्य संजय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम कांग्रेस पाणिनीका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादव प्रसाद घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यस्तै उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादीका ४ सय ७५ जनालाई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।