धातीवाँङमा जेष्ठ नागरिक, अपांग र एकल पुरुष सम्मान कार्यक्रम सम्पन्न ( भिडियो,तस्बिरहरु)
पौष २१ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
धातीवाँङ, वुधवार २१ पौस २०७८ (अर्घाखाँची डटकम) । पाणिनी गाँउपालिका वडा नं ६ धातीवाँङमा जेष्ठ नागरिक,अपांग र एकल पुरुष सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतम को प्रमुख आथित्यता रहेको कार्यक्रमकोअध्यक्षता पाणिनि गाँउ पालिका वडा नं ६ का वाड अध्यक्ष सुभ वहादुर सारुको रहेको थियो ।
धातीवाँङ मावि का स.प्रधानाध्यापकमेघनाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन पाणिनि गाँउ पालिका वडा नं ६ का कर्मचारी इन्द्रामणी पौडेलले गर्नुभएको थियो ।
पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतमले सम्मानित हुने सवैलाई वधाई दिदै आगामी दिनमा थप प्रभावकारी काम गर्न पालिकातयार भएको मन्तव्य दिनु भएको थियो । यस्तै पाणिनि गाँउ पालिका ६ का स्वास्थ्य चौक प्रमुख मित्रदेव पौडेलले पाणीनी गाँउ पालिकाले यसरी लक्षित वर्ग छुट्टाएर सम्मान गर्ने अवधारणा ल्याएको प्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य सेवामा कतै पनि कमी नराख्ने धारणराख्नु भएको छ ।
पाणिनि गाँउ पालिका वडा नं ६को वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा ३० जना जेष्ठ नागरिकलाई काँचको थाल, १५ जनाफरक क्षमता भएका नागरिक र १२ जना एकल पुरुष लाई वलांगकेट ले सम्मान गरिएको छ । पाणिनि गाँउ पालिका वडा नं ६ का वडासचिव गीता वाग्ले,जनप्रतिनिधी खगेश्वर पौडेल,पुनाराम पौडेल,तारा पौंडेल,तारा दर्ज़ी ,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायत झण्डै ७५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन/धातीवाँङ अर्घाखाँची ।